२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

सिन्डिकेटलाई तोड्न फरक कोर्षबाट अघि बढ्नु पर्छ—खरेल


३९२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र १८, शनिबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका रमेश खरेलले अहिले भइरहेको राजनीतिक भागवण्डा र सिन्डिकेट तोड्न नसके कसैको पनि भविष्य सुरक्षित नभएको बताएका छन् । शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको अवस्था परिवर्तन गर्न सबै एक ठाउँमा आउनुपरेको उल्लेख गरे ।

    उनले भने– ‘अहिले नेपाल आमा रोइरहेकी छिन् । यस्तो बेला एक ठाउँमा उभिएन भने केही गर्न सकिँदैन । देशमा अहिले सुशासनको खाँचो छ । देशको विषम परिस्थितिमा देशमा सुशासन कायम गर्न,  देशका दाजुभाइलाई हौसला प्रदान गर्न र नेपाल आमालाई हँसाउन सबै एक ठाउँमा उभिनुपर्ने अवस्था आएको छ ।’

    अहिले राष्ट्रमा भएको सिन्डिकेटलाई तोड्न र यो देशको समृद्धिका लागि अब फरक काेर्षमा अघि बढ्न आवश्यक रहेको उनले बताए । उनले अहिले भइरहेको सिन्डिकेट र भागबन्डालाई तोड्न सकिएन भने कसैको भविष्य सुरक्षित नभएको उल्लेख गरे । उनले अहिले युवाहरू विदेश जान बाध्य भएर काठको बाकसमा आउनुपर्ने विवशता रहेको उल्लेख गर्दै त्यसको अन्त्य गर्न आवश्यक रहेको बताए । खरेलले देशलाई जोगाउनका लागि आगामी दिनको योजना बनाउनका लागि अघि बढ्नुपर्ने अवस्था रहेको र नेपाललाई विदेशीको क्रिडास्थल बनाउन नदिनका लागि सबै एकजुट हुनुपर्ने अवस्था आएको बताए ।

    उनले भने, ‘देशमा सुशासन नभएसम्म हामी अलमलिइरहन्छौँ । तर अब हामीसँग अलमलिने छुट छैन । हामी अलमलिनु हुँदैन । हामीले देशलाई एउटा गतिमा अघि बढाउनुपर्छ । देशको समृद्धिको लागि हामीले अब जाग्नुपर्छ । हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ । हामीले यो माफियातन्त्रलाई रोक्नैपर्छ । हामीले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न सकेनौँ भने भविष्य सुनिश्चित कसैको छैन ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार