२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

रास्वपाले टुङ्गायो उम्मेदवार


५८७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र १८, शनिबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन लड्ने उम्मेदवारहरू सार्वजनिक गरेको छ । रास्वपाले शनिबार पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्दै पार्टी सभापति रवि लामिछाने, अर्थशास्त्री स्वर्णिम वाग्ले र पूर्वडीआईजी रमेश खरेल २०८० वैशाख १० मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेको हो ।

    रास्वपाका सभापति लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २, वाग्ले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र खरेल बारा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने भएका छन् । शनिबार पत्रकार सम्मेलनमा नै उम्मेदवारहरूलाई टिकट वितरण गरिएको थियो ।

    २०७९ मंसिर ४ को निर्वाचनमा चितवन २ बाट निर्वाचित लामिछाने सर्वोच्च अदालतले नागरिकता खारेज गरिदिएपछि पद खारेज भएको थियो । कांग्रेसमा सक्रिय रहेका वाग्ले चैत १६ गते रास्वपामा जाने निर्णयमा पुगेका थिए । उनले कांग्रेस नेतृत्वलाई विभिन्न आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए ।

    खरेल भने गत मंसिरको चुनावमा आफ्नै नेतृत्वमा नेपाल सुशासन पार्टी गठन गरेर काठमाडौं १ मा उम्मेदवार बनेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार