२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

घुस लिँदै गर्दा मालपोतका खरदार र लेखापढी व्यवसायी पक्राउ


५७९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र १९, आईतबार मा प्रकाशित १ साल अघि
  • १९ चैत, बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुस लिएको आरोपमा रकमसहित बाराबाट एक जना खरदार र लेखापढी कानून व्यवसायीलाई पक्राउ गरेको छ ।

    मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखापढी कानून व्यवसायी गौरीशंकर कुशवाहलाई पक्राउ गरेको हो ।

    जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बाराको कलैयामा स्ट्रिङ अप्रेसन सञ्चालन भएको पुष्टी गरे । उनले १५ हजार घुस रकम सहित दुईजनालाई पक्राउ गरि गरी थप अनुसन्धान हुदै गरेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार