२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

दुर्घटना ग्रस्त क्षेत्र तिनपिप्लेको मोड काटिने‚ १५ मिटर मापदण्ड भित्रका व्यवसायीलाई नवीकरणमा छुट 


२२२०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र २३, बिहिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग खण्ड ४० किलोमिटर -पाँचखाल वडा नं ६ तिनपिप्ले बजार) को दुर्घटनाग्रस्त क्षेत्रको मोड काटिने भएको छ ।

    दुर्घटनाग्रस्त स्थानमा सडकको दायाँ बायाँ १५/१५ मिटर खाली गरी वजारको सोभा बढाउनाको साथै दुर्घटना हुन नदिने उद्देश्यले सडक फराकिलो पारिने पाँचखाल नगर प्रमुख महेश खरेलले जानकारी गराउनु भयो ।

    दायाँ बायाँ पैदल मार्ग समेत नभएको उक्त स्थानमा २ दर्जन भन्दा गढीले सडक दुर्घटनाको कारण ज्यान गुमाएका छन् । आगामी दिनहरूमा विगतको जस्तो हृदय विदारक घटनाहरू हुन नदिनको लागि पहल गरेको प्रमुख खरेलको भनाई रहेको छ ।

    सडक फराकिलो गर्ने क्रममा केही व्यवसायीहरूले स्थान परिवर्तन गर्नुपर्ने भएकोले सडकको दायाँ बायाँ १५ मिटर भित्रका व्यवसायीहरूको व्यवसाय दर्ता गर्ने कार्य समेत रोकिएको छ । नगरले १० दिने अभियान सञ्चालन गर्दे घरघरमा गएर व्यवसाय दर्ता तथा नवीकरण गर्ने कार्य गर्दै छ । सोही क्रममा आज विहीबार पाँचखालको वडा नं ६ मा अभियान चलाई रहँदा उल्लेखित मापदण्ड भित्रका व्यवसायीको व्यवसाय दर्ता तथा नवीकरण नगर्ने वडा अध्यक्ष राम शरण दुलालले बताउनु भयो ।

    सडक फराकिलो पादै गर्दा व्यवसाय छोडेर अन्यत्रै जानुपर्ने हुन्छ‚ त्यस्तो समस्यामा परेका व्यवसायीलाई व्यवसाय दर्ता तथा नवीकरणमा छुट गरेको वडा अध्यक्ष दुलालले बताउनु भयो । हाल सम्म सञ्चालन गर्दै गरेको व्यवसायको नवीकरण गर्नु पर्थ्यो तर व्यवसायीहरूको समस्या बुझ्दै छुटको व्यवस्था गरेका हौं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १२%२%३%१%६%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार