२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

केटी वेचेको अभियोगमा काभ्रेली प्रेमलाई प्रहरीले झ्याप


१८५९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र २७, सोमबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । २६ वर्षअघि आफ्नै गाउँको बहिनी नाता पर्ने महिलालाई बेचेका प्रतिवादी पक्राउ परेका छन् । भारतको दिल्लीस्थित वेश्यालयमा लगेर बिक्री गर्ने वर्ष ५९ का प्रेम लामा भन्ने ओमबहादुर तामाङ पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार निज तामाङले परिवर्तित नाम (मिना) लाई आव २०५८–०५९ को जिल्ला ३० बोल्दे १ (क) लाई २०५४ साल भदौ महिनामा पैसा कमाउने काममा लगाइदिन्छु भनी फकाई गाउँबाट काठमाडौं हुँदै झुक्याएर दिल्लीस्थित ३ नम्बर कोठीमा लगेर भारु ३५,००० मा बेचेका थिए ।

    चार वर्षसम्म वेश्यालयमा नरकीय जीवन बिताएकी पीडितले २०५८ साल भदौ २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा प्रेम लामाविरुद्ध जाहेरी दिएकी थिइन् । तेमाल गाउँपालिका– ३ सरमथली घर भएका निज प्रतिवादी तामाङ वारदातकै समयदेखि फरार थिए ।

    काभ्रे प्रहरीको पुराना मुद्दा फर्छ्यौट गर्ने विशेष पहलका क्रममा फरार प्रतिवादी तामाङ यही चैत २६ गते काठमाडौं महानगरपालिका–१५ भगवानपाउबाट पक्राउ परेका हुन् ।

    पक्राउ परेका तामाङलाई जिल्ला अदालत काभ्रेपालञ्चोकबाट जिउ मास्ने बच्ने (मानव बेचबिखन तथा ओसारपसार) मुद्दा शीर्षकमा पहिलो पटकलाई सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार