२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

मेलमिलाप कर्ताहरु धन्यबादको पात्र हुनुहुन्छ—वन्जारा


१५६२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र २९, बुधबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । पनौती नगरपालिका , न्यायिक समितिको आयोजनामा मेलमिलापकर्ताहरुको निम्ति २ दिवसिय पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

    २७ र २८ चैतमा सञ्चालित सो तालिमको समुदघाटन उपप्रमुख एवम् न्यायिक समिति सयोजक गीता बन्जारा ले गर्नु भएको थियो । उहाले स्थानिय विबाद र झैझगडा मेलमिलापको माध्यमबाट समाधान गर्न महत्वपुणर् भुमिका भएकोले मेलमिलाप कर्ताहरु धन्यबादको पात्र हुनुहुन्छ भन्दै उहाहरुको सिप र दक्षता बढाउन नगरपालिकाले यस्ता कार्यक्रमहरु गरेको बताउनु भयो ।

    कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख प्रशासकीय अधिकृत प्रण राज न्यौपानेले नगरपालिका मेलमिलाप कर्ताको हमेसा साथमा रहेको बताउनु भयो ।
    दुइदिने तालिममा मेलमिलाप के हो? मेलमिलापकर्तामा हुनुपर्ने गुण, मेलमिलापकर्ताको भुमिका, सामुदायिक मेलमिलापका चरण, कानुनमा जान्नै पर्ने कुराहरु, मेलमिलाप हुन सक्ने विवादहरु, न्यायिक समितिले निणर्य गर्न सक्ने बिशय, लगायत बिबिध बिसयबस्तुमा अधिबक्ता केदार कोइराला , इन्द्रप्रसाद अधिकारी, प्रदिप सापकोटा , तारा देवि श्रेस्ठ लगायतले सहजिकरण गर्नु भएको थियो ।

    सहभागिहरुलाई समापनको अबसरमा प्रमाणपत्र वितरण गरिएको थियो । उद्घाटन शत्रको अध्यक्षता उप प्रमुख एवम् न्यायिक समिति संयोजक गीता बन्जारा, स्वागत न्यायिक समिति सदस्य महेन्द्रलाल श्रेस्ठ तथा सन्चालन कानुनी सल्लाहकार प्रदिप सापकोटाले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार