काभ्रेपलाञ्चोक । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिन्चाइ मन्त्री तीर्थ बहादुर लामालाई आज (शनिबार ) काभ्रेमा जिल्ला समन्वय समिति लगायत आधा दर्जन भन्दा धेरै स्थानमा भव्य ढंगबाट सम्मान गरिएको छ ।
उक्त सम्मान कार्यक्रममा मन्त्री लामाले अत्यन्त संयम हुँदै मन्तव्य दिनु भएको थियो । सोही क्रममा उहाँले भन्नुभयो —मैले आफूले ठुलो अवसर पाएको भन्ने लाग्दैन‚ यो पद भनेको काम गर्ने क्रममा प्रक्रियागत हो । पद‚ मान‚ सम्मान यि सबै अस्थाई हुन्‚ आम जनताको जीवनमा केही न केही परिवर्तन गराउने हाम्रो कर्तव्य भन्नुभयो ।
जिल्ला समन्वयको हलमा भएको कार्यक्रममा उहाँले थप्नुभयो — काभ्रेमा ३ लाख भन्दा बढी जनताहरू हुनुहुन्छ उहाँहरु सबैको अनुहार उज्यालो पार्नको लागि निरन्तर लागि रहेछु । काभ्रेली जनताको अवस्था हामीले राम्रोसँग मापन गरी सकेका छौं । हामीले हाम्रो कर्तव्य भुलेका छैनौ ।
मलाई आज सम्मान गरिएको छ जुन मेरो लागी थप जिम्मेवारी सुम्पिएको हो । यो सवै प्रकारका जिम्मेवारीलाई मेरो क्षमता‚ बुद्दी‚ बिवेकले भ्याएसम्म जनतालाई खुसी दिन्छु । मलाई सम्मान गर्दै गरेको सम्मान सामाग्री भित्र काभ्रेली सम्पूर्ण जनताको आशा लुकेको छ । सो आशालाई निराशा हुन दिन्न । नेपाली जनताले चाहेको सम्पूर्ण कुराहरू संविधानको परिधि भित्र रहेर पुरा गर्नको लागि निरन्तर लागिरहने छु । मन्त्री लामाले भन्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक दीपक कुमार गौतमले भन्नुभयो —तिर्थ मन्त्री हुँदै गर्दा आफै मन्त्री भएको अनुभूति भयो । मन्त्री लामा प्रति काभ्रेली जनताको भरोसा छ ‚ थोरै बोल्ने काम धेरै गर्ने स्वभावको भएकोले जिल्ला वासी आशावादी हुनु नौलो हैन । जिल्लामा खानेपानी र सिँचाइको निकै अभाव छ अव आगामी दिनमा सो अभावबाट मुक्ती हुने दिन नजिकै रहेको गौतमले बताउनु भयो ।
बधाई तथा सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रिम वहादुर तमाङ‚ प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल शुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस