२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

रासायनिक मलमा ३० अर्ब अनुदान ,हालको अनुदानमा दोवर


९६४७ पाठक संख्या
  • २०८० जेष्ठ १५, सोमबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ — किसानलाई रासायनिक मलमा अनुदान दिन सरकारले ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आज सोमबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यो रकम यस आर्थिक वर्ष विनियोजन गरिएकोभन्दा दोब्बर हो ।

    किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ स्वदेशमै रासायनिक मल कारखाना स्थापित गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी सार्वजनिक निजी साझेदारीमा लगानी बोर्डमार्फत काम अघि बढाइने सरकारले बजेट भाषणमा उल्लेख गरेको छ ।

    रासायनिक मल खरिद प्रक्रियामा सुधार गरी समयमै आपूर्ति सुनिश्चित गरिने अर्थमन्त्री महतले बताए । मल आपूर्तिलाई व्यवस्थित र पारदर्शी बनाइने पनि सरकारले घोषणा गरेको छ ।

    स्वदेशमै रासायनिक मल कारखाना स्थापित गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी सार्वजनिक निजी साझेदारीमा लगानी बोर्डमार्फत काम अघि बढाइने सरकारले बजेट भाषणमा उल्लेख गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु