२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मेलमिलापकर्तालाई आधारभूत तालिम


१३१५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० अषाढ ६, बुधबार मा प्रकाशित १ साल अघि
  • नगेन्द्र अधिकारी
    काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका ५५ जनालाई मेलमिलाप सम्बन्धी आधारभूत तालिम दिइएको छ ।

    ११ वटै वडाका ५ जनाका दरले ५५ जनालाई ८ दिवसीय आधारभूत तालिम दिइएको न्यायिक समितिका संयोजक समेत रहेका नगर उपप्रमुख रत्नबहादुर लामाले जानकारी दिए ।

    काभ्रेपलाञ्चोक जिल्ला मूख्य न्यायधिश मोहनराज भट्टराई, श्रेस्तेदार गोविन्द प्रसाद घिमिरे, अधिवक्ता दिपक प्रसाद चौलागाई, सृजना तामाङ, नमोबुद्ध नगरपालिकाका कानूनी सल्लाहकार रहेका अधिवक्ता महेन्द्र तामाङ (थिङ), वैतनिक वकिल निरोजप्रसाद नेपाल, जिल्ला कानूनी सहायता केन्द्रका अधिवक्ता विजयभक्त श्रेष्ठ लगायतले सहजिकरण गर्नुभएको थियो । मेलमिलाप सम्बन्धी प्रचलित कानून, अन्तराष्ट्रिय अभ्यास, मेलमिलापका चरण, विवाद समाधान लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञानसहितका सत्र सञ्चालन गरिएको न्यायिक समितिमा कार्यरत अधिकृत गोविन्द सापकोटाले जानकारी दिए ।

    समापन समारोहमा जिल्ला न्यायधीश मोहनराज भट्टराई, नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख एवं न्यायिक समितिका संयोजक रत्नबहादुर लामा, नगर प्रवक्ता टिकाबहादुर केसी, न्यायिक समितिक सदस्य समेत रहेका वडा नं ७ का अध्यक्ष धर्मसिं लामा, वडा नं ४ का अध्यक्ष अर्जुन कार्की, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीलगायतले सहभागीलाई प्रमाणपत्र प्रदान गरे ।

    मुख्य न्यायधीश मोहनराज भट्टराईले जनताले घरदैलोमा नै न्यायको अनुभुति गर्न पाओेस् भनेर स्थानीय तहमा नै न्यायिक समितिको अवधारणा ल्याइएको तर्क गर्नुभयो । नगर प्रमुख कुनसाङ लामाले आफू क्षमतावान नभएसम्म अरुलाई न्याय दिन नसक्ने भन्दै मेलमिलापकर्ताको सिप, ज्ञान र क्षमता अभिवृद्धिको लागि तालिम सञ्चालन गरिएको बताए । नगर उपप्रमुख रत्नबहादुर लामाले मेलमिलापमा जोड दिए न्यायिक समितिसम्म उजुरी नै नआउने तर्क गरे । नगर प्रवक्ता टिकाबहादुर केसी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहार लागू गर्न र समाजमा हुने हिंसा, अपराध कम गर्न सुझाव दिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार