२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

रुख ढाल्ने संकेतका लागी घण्टी- रबिन्द्र कर्माचार्य


९६४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० अषाढ २०, बुधबार मा प्रकाशित १ साल अघि
  • सुशील राज गिरी

    काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीले धुलिखेल वडा नं. ४ मा बुधबार वडा भेला सम्पन्न गरेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले मिसन ८४ नाम दिएर वडा वडामा संगठन बिस्तार गरिरहेको भएतनपनी बुधबार धुलिखेल वडा नं. ४ को भेलाले धुलिखेल काङ्ग्रेसमा भुकम्प पराकम्पन सुरु भएको छ ।

    लामो समयदेखि नेपाली काङ्ग्रेसमा क्रियाशील रहेका निबर्तमान वडा अध्यक्ष रबिन्द्र कर्माचार्यले नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य मात्र भएनन् उनले वडा नं.४ मा एमाले ,काङ्ग्रेस लगाएतका धेरै बौद्विक र दिगज ब्यक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बनाई बुधबारको कार्यक्रममा आधिकारीकता प्रदान गराए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले धुलिखेल वडा नं. ४ को बुधबार वडा भेला सम्बोधन गर्न आउनु भएको माननीय पुर्ब स्वास्थ राज्य मन्त्री तोसिमा कार्की तथा राष्ट्रिय स्वतन्त्र पार्टीको नेता तथा पुर्ब डिआईजी रमेस खरेलले नया थप सदस्य लाई घण्टी चिन्हको ब्याज लगाई आधिकारिकता प्रदान गर्नु भएको थियोे ।उक्त कार्यक्रममा रबिन्द्र कर्माचार्यको सभापतित्वमा ११ सदस्य कमिटी गठन भएको छ । कार्यक्रम लाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेता माननीय पुर्ब स्वास्थ राज्य मन्त्री तोसिमा कार्कीले पार्टीको निति र बिचारमा प्रष्ट पार्दै स्वार्थ नबोकी पार्टीमा लाग्न आम समुदायलाई अनुरोध गर्नुभयो ।

    पार्टीका सदस्यले कुनै गलत काम गर्दा बृद्व बाआमा र छोराछोरी लाई सम्झनु भन्दै डाक्टर कार्कीले नया सदस्य र कमिटी लाई गलत गरे पार्टीमा ठाउँ नभएको बताउनुभयो । कार्यक्रमको विशेष बक्ता राष्ट्रिय स्वतन्त्र पार्टीको नेता तथा पुर्ब डिआईजी रमेस खरेलले राजनीति सुदृढीकरण आजको आवश्यकता भएको बताए । पछिल्लो समय रास्वपाले राष्ट्रियस्तरमा कमाएको ख्यातिका कारण समाजमा केही गरौं भन्ने मान्छेहरुका लागि गन्तव्यको एउटा मार्ग प्रशस्त गरेको जसका कारण कर्माचार्य जस्ता व्यक्तित्वहरुले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा लालायित बनाए । जसको श्रीबिन्दु रविन्द्रले गरे ।

    कांग्रेसमा छुट्टै पहिचान राख्न सफल रामेश्वर घिनाजू, माधव श्रेष्ठ जस्ता व्यक्तिहरुले राजस्वपा रोजे ।बुधबार रविन्द्र कर्माचार्यको सभापतित्वमा धुलिखेल नगरपालिका वडा नं. ४ प्रारम्भिक वडा समितिको ११ सदस्य गठन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको धुलिखेल वडा नं. ४ को सभापति भए संगै भने रुखको जरा काटियो निस्वार्थ साथ रास्वपामा लागे र रुख ढाल्ने संकेतका लागी घण्टी बजाए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार