काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याइ उत्तीर्ण हुन सफल १ जना छात्र र १ जना छात्रा साथै ९ जना शिक्षकलाई सम्मान गरेको छ ।
गाउँपालिका भित्रका विद्यालयहरुबाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएर उतीर्ण हुन सफल विद्यार्थीलाई जनहि १ लाख रुपैयाँ र माध्यमिक विद्यालयतर्फ एसइई परीक्षामा औसत सर्वोत्कृष्ट अङ्क ल्याउने विषयगत ९ जना शिक्षाकहरुलाई जनहि २५ हजार रुपैयाँ प्रदान गरेर सम्मान गरेको छ ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष दावा लामाले गाउँपालिकामै एक समारोहका बीच नगद सहित सम्मान गर्नुभएको थियो । सम्मानित हुनेहरुमा अरुणोदय माध्यमिक विद्यालय सिम्थलीका छात्रा सोनिया खड्का र प्रकाश मावि भुम्लुटारका सन्देश उपे्रती रहेका छन् ।
कार्यक्रममा अध्यक्ष भुजेल र लामाले हाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा अध्ययनप्रति ऊर्जा एवं प्रोत्सहान प्रदान गर्न गाउँपालिकाले एसइईमा उत्कृष्ट छात्र छात्रालाई सम्मान गर्ने परम्पराको सुरुआत गरेको बताउनु भयो । भुम्लु गाउँपालिका बाट एसइई परीक्षा २०७९ मा २ सय सहभागि भएका मध्य सर्वोत्कृष्ट छात्रा खड्काले ३ दशमलव २० र छात्र उप्रेतीले ३ दशमलव ५५ अङ्क प्राप्त गर्न सफल भएका थिए ।
प्रतिक्रिया दिनुहोस