२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

राष्ट्रपतिका उम्मेदवार ,पत्रकारको गोली हानी हत्या


१२२४७ पाठक संख्या
  • २०८० श्रावण २५, बिहिबार मा प्रकाशित १ साल अघि
  • क्विटो- इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या भएको छ । केही दिनमा हुन लागेको राष्ट्रपति निर्वाचनका लागि प्रचारमा रहेका फर्नान्डो भिल्लाभिसेन्सियोको बुधबार साँझ गोली हानी हत्या भएको हो ।

    समाचार अनुसार क्विटो शहरमा आयोजित एक चुनावी र्‍यालीमा सहभागि रहेका बेला एक संदिग्ध व्यक्तिले उनीमाथि गोली हानेका थिए ।

    स्थानीय सञ्चारमाध्यमले आन्तरिक मन्त्री जुआन जापाटालाई उद्धृत गर्दै यो खबरको पुष्टि गरेका छन् । ५९ वर्षीय पत्रकार भिल्लाभिसेन्सियो २० अगस्टमा हुने राष्ट्रपतीय निर्वाचनमा आठ उम्मेदवारमध्ये एक थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार