२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

रोशी–११ मा एक सय ३५ घरधुरी झिलिमीली


१२२४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० श्रावण २९, सोमबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ कालढुंगामा कन्द्रिय प्रसारण लाइन जडान भएको छ । वडा नं. ११ को एक सय ३५ घरधुरीमा केन्द्रिय प्रसारण लाइनबाट बिजुली बल्ने भएको हो ।

    सोमबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले प्रसारणलाईनको एमसिबी बक्समा स्वीच अन गरेर शुभारम्भ गरेका छन् । सो वडामा केही समय अगाडि ३८ घरमा लाईन जोडिसकेको थियो भने अहिले १३५ घरधुरीमा जडान गरेको हो ।

    वडामा ८ सय घरधुरीमा केन्द्रिय प्रसारण लाईन नभएकोमा एक सय ७३ घरधुरीमा जोडीएको छ । अन्य घरधुरीमा छिटै नै लाईन जोडिने गाउँपालिका अध्यक्ष लामाले बताए । यस भन्दा पहिला सो घरधुरीमा लघुबिद्युतबाट बिजुली बाल्दै आएका थिए ।
    केद्रिय प्रसारण लाई जडान भएपछि स्थानीयहरू खुसी भएका छन् ।

    राष्ट्रिय प्रसारण लाईन जडान हुदा दिनरातै बिद्युत आउने भन्दै स्थानीय खुसी भएका हुन् । ‘अब त राष्ट्रिय लाईन आयो हामी केही उद्यम गर्नलाई सहज हुने भयो ।’ रोशी–११ का एक स्थानीयले भने, ‘केही नगरी गर्मीमा सुतेरै बस्छु भन्दा पनि पंखा चलाएर मज्जाले सुत्न पाईयो नी ।’

    केन्द्रिय प्रसारण लाइन जडानको लागि ५ करोडमा ठेक्का लागेको भएपनि शाखा लाईनको लागि ३ करोड खर्च भएको छ । उक्त प्रसारण लाईन जडान कार्यक्रममा नेपाली कौग्रेस रोशी गाउँ कार्यसमितिका सभापति दुधराज लामा, वडाध्यक्ष लालकुमार पाख्रिन लगायतको उपस्थिती रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार