२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

बेथानचोक किसानलाई अनुदानमा ट्याक्टर वितरण


८३४७ पाठक संख्या
  • २०८० भाद्र ५, मंगलबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक ।काभ्रे जिल्ला बेथानचोक गाउँपालिकाका किसानहरुलाई हाते ट्याक्टर वितरण कार्य शुरु भएको छ । गाउँपालिकाको ६ वटै वडाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेकोमा मंगलवार वडा नं. ४, चलाल गणेस्थानबाट वितरण कार्य शुरु गरेको गाउँपालिका उपाध्यक्ष तारा रानाले जानकारी दिए । वडामा २० वटा ट्याक्टर वितरण गरेको उनले जानकारी दिए ।

    तिवरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाले वितरण गरेको ट्याक्टरको सदुपयोग गर्न अनुरोध गर्दै बेथानचोकलाई कृषिमा आत्मनिर्भर बनाउने प्रतिबद्धता जाहेर गरे ।

    बेथानचोक गाउँपालिकाका ९९ प्रतिशत मानिसहरु कृषि पेशामा आबद्ध रहेकोले कृषिमा यान्त्रीकरण गरेर उत्पादन बढाउन हाते ट्याक्टर वितरण गरेको गाउँपालिका उपाध्यक्ष रानाले बताए । ‘कृषि व्यबसायलाई यान्त्रिकीकरण तथा प्रविधि मैत्री बनाई गुणस्तरीय उत्पादन वृद्धि गर्ने उद्देश्यले यो हाते ट्याक्टर वितरण गरेका हौं ।’ रानाले भने, ‘चरणबद्ध रुपमा गाउँपालिका भित्रका सबै कृषकहरुलाई यान्त्रीकरण र प्रविधिकरणको पहुँचमा पुर्याउने गाउँपालिकाको लक्ष्य रहेको छ ।’

    रानाले कृषि उत्पादनको प्रचुर संभावना रहेको बेथानचोक गाउँपालिकाको समृद्धि कृषि क्षेत्रको क्रान्तिकारी परिवर्तनबाट मात्र सम्भव हुने हुँदा किसानलाई प्रत्यक्ष सहायाेग गरि उत्पादनमा सहजीकरणको निमित्त ६ वटै वडाहरु समेटेर किसानहरुकै मागमा आधारित यस कार्यक्रम आयोजना गरिएकाे बताए ।किसानहरुलाई गाउँपालिका कार्यालयमै बोलाएर ट्याक्टर वितरण गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार