काभ्रेपलाञ्चोक/काभ्रेबाट राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यलिएर बनेपामा स्थापनाभएको बनेपा फुटबल एकेडेमीमा ६० जनाले नियमित प्रशिक्षण थालेका छन् । शनिबार भएको बृहत छलफल तथा अन्तरकृयामा एकेडेमीले काम सुरु गरेको जानकारी आयोजकले दिएको छ ।
फुटबल एकेडेमी स्थापनापछि काभ्रे जिल्लामा रहेका खेलप्रेमी र पत्रकारलाई एकेडेमी स्थापनाको उदेश्यको बारेमा जानकारी दिन सदस्य भेलाकार्यक्रमआयोजना गरेको हो । बनेपानगरपालिका बडा नं ५ का अध्यक्ष बलरामअधिकारीले एकेडेमी स्थापना र संचालनकालागिआफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एकेडेमीकाअध्यक्षनिरोज शाक्यले एकेडेमीले गर्ने गतिििवधकाबारेमा बारेमा जानकारी दिनुभएको थियो । बर्षाैदेखि काभ्रे जिल्लाको फुटबल क्षेत्रको विकासकालागिक्रियाशिल रहेको बनेपा फुटवल क्लब र माउन्ट एभरेष्ट क्लबमिलेर बनेपा सहितकाभ्रे जिल्लाका खेलाडीलाई प्रशिक्षण सुरुवात गरेको उहाँले उल्लेख गर्नुभयो ।
काभ्रे जिल्ला फुटवल संघको सहकार्यमा स्थापनाभएको क्लवले निरन्तर रुपमा खेलाडीलाई प्रशिक्षण सुरु गरिसकेको छ । एकेडेमीले जुनसुकै उमेर समुहकाफुटवल खेलाडीलाई न्यूनतमशूल्कमा प्रशिक्षण लिनलागेको हो । हाल १२ जनामहिला सहित ६० जनाल सो केन्द्रबाट नियमित प्रशिक्षण लिइरहेका छन् ।
आर्थिक अवस्थाकमजोर भएकाविद्यार्थीलाई अध्यापनपनि गराउने लक्ष्य एकेडेमीले लिएको उपाध्यक्षमनिषभोछिभोयाले जानकारी दिनुभयो । यो कार्यले काभ्रे जिल्लामामात्रै नभएर राष्ट्रकै लागिकेही टेवापुगोस् भन्ने लक्ष्यलिएको छ ।
प्रतिक्रिया दिनुहोस