२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

हिन्दु धर्म माथिको हमला शैय छैन —धिताल


१६५३७ पाठक संख्या
  • २०८० भाद्र १२, मंगलबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । नेपालको राष्ट्रिय जनावर साथै हिन्दु धर्मावलम्बीहरूले लक्ष्मीको रुपमा मानिदै आएको गाईलाई खुलेआम काटेर भोज भतेरमा मासुको रुपमा प्रयोग गर्दै सामाजिक सन्जालमा सार्वजनिक गरी हिन्दु धर्मावलम्बी साथै कानुनको धज्जी उडाएको विरुद्धमा विश्व हिन्दु महासंघ मुलुकको ७७ जिल्लामा विरोध जनाएको छ ।

    विरोध स्वरुप ७७ जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी माफर्त ज्ञापन पत्र बुझाएको छ । सोही अनुसार काभ्रेपलाञ्चोक जिल्लामा पनि सोमबार जिल्लाको सदरमुकाम धुलिखेल सरस्वती बजारबाट सुरु भएको पुर्याली सहित प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल समक्ष ज्ञापन पत्र बुझाएको छ ।

    ज्ञापन पत्र बुझ्दै प्रजिअ पौडेलले नेपाल र नेपालीको हितको लागि सबै अङ्गहरू जिम्मेवार रहनु पर्छ र रहेका पनि छौं । मानवताहरु बिचको सद्भावको आशयले आएको ज्ञापन पत्रको भाव र मर्मको विषयमा सचेत भएका छौं । कानुनले वर्जित गरेको कार्य गर्न नहुने भन्दै सचेतक लागि आएको ज्ञापन पत्रको मर्मको आधारमा मानवतामा सद्भावको वातावरण निर्माणको लागि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    विश्व हिन्दु महासंघ काभ्रेका सचिव गणेश प्रसाद अधिकारीले ज्ञापन पत्र वाचन गरी सुनाएपछि विश्व हिन्दु महासंघ काभ्रे अध्यक्ष प्रविण धितालले प्रजिअ पौडेल लाई हस्तान्तरण गर्नु भएको थियो । सोही क्रममा अध्यक्ष धितालले नेपालको राष्ट्रिय जनावर साथै लक्ष्मी माताको रुपमा पुज्दै आएको गौ हत्यालाई हिन्दुहरूमाथि हमला रहेको बताउँदै त्यस्तो घृणित कार्य विश्व हिन्दु महासङ्घको लागि शैय नभएको बताउनु भयो ।

    सरस्वति बजार बाट सुरुभएको र्यालीमा गौ हत्यको विरुद्धमा भर्सना सहितको प्लेकार्डहरुको साथमा शंख ध्वनिका साथमा शान्तिपुर्ण तरिकाले र्याली अगाडी बढेको थियो ।

    सोही बिषयलाई लिएर आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरुद्धमा सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ । राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागि देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार