२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

ग्रामीण पाठशालाको आयोजनामा बाल दिवस, बाल अधिकारको बारेमा प्रहरीको सचेतना


७८२७ पाठक संख्या
  • २०८० भाद्र २९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । ५९ औ बाल दिवसको अवसरमा नमोबुद्ध नगरपालिका ०२ मा अवस्थित ग्रामीण पाठशालाले बृहत् र्याली कार्यक्रम सम्पन्न गरेको छ ।

    भकुण्डेबेशी प्रहरी चौकी र चौकीका इन्चार्ज बरिस्ठ नायव निरीक्षक प्रमोद कुमार शाहको प्रमुख आतिथ्यता र बिधालयका सस्थापक प्रीन्सिपल विदुर शर्मा भण्डारी तथा शिक्षकशिक्षिका र विद्यार्थीहरुको उल्लेखनीय सहभागितामा सम्पन्न भएको र्यालीले बजार परिक्रमा पछि पुन बिधालयमा आइ समापन भएको थियो ।

    कार्यक्रममा वरिष्ठ नायव निरीक्षक शाहले बाल अधिकार र कर्तव्यका बारेमा बालबालिकालाई सचेत गराउनु भएको थियो । कुनै पनि ब्यक्तिले कुनै जघन्री कार्य वा यौनजन्य क्रियाकलाप गर्न गराउन खोज्छ भने वा दवाव दिन्छ भने १०० मा फोन गर्ने बारेमा जनकारीको लागि सचेत गराउनु भयो ।

    बालबालिका माथी हुने बालदुव्र्यवहार , बाल शोषण र त्यस सम्बन्धि कानुनी व्यबस्था साथै यसमा नेपाल प्रहरीको भुमिका बारेमा स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा बिधालयका प्रीन्सिपल विदुर शर्मा भण्डारीले वागदुव्र्यवहार तथा बाल श्रमशोषण जस्ता जघन्य अपराध आफ्नो बिधालय वा कहिँकतै देखेमा आफुलाइ,अभिभावकलाई वा नेपाल प्रहरीलाइ तुरुन्त खबर गर्नुपर्ने र त्यस्ता अमानवीय कृयाको खुलेर विरोध गर्न सुझाव दिनुभयो ।

    कार्यक्रममा बालबालिकाले प्रमुख अतिथी तथा अन्य प्रहरीहरुलाइ सम्मान सङ्गसङ्गै आफुले पेपरबाट निर्माण गरेका मायाको चिनो समेत प्रदान गरेका थिए कार्यक्रम सञ्चालन बिधालयका शिक्षक राजिव ताजपुरिया ले गर्नु भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार