२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

सहकारी बैंक भन्दापनि सुरक्षित छ —दिलिप आर्थिकको नेतृत्वमा पराजुली 


१९४४९ पाठक संख्या
  • २०८० आश्विन ६, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्माले सहकारी बैंक भन्दा सुरक्षित रहेको बताउनु भयो ।
    आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको १७ औं बाषिर्क साधारण सभा समापनको क्रममा आज (शनिबार) अध्यक्ष शर्माले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि सहकारी संघ अध्यक्ष शर्माले सहकारीका सञ्चालकहरू शेयर सदस्यहरूको परिचित भएकोले जुन सुकै समयमा पनि भेटघाट गर्न सकिने भएकोले असुरक्षित छैन । एकात्मता केही सहकारीले गलत गरेकोलाई तर त्यसको दोस सबै सहकारीलाई दिन नमिल्ने बताउदै बैक भन्दा सुरक्षित सहकारी रहेको बताउनु भयो । आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थालाई पूर्ण रुपमा साथ सहयोग गर्ने बताउँदै पाँचखालमा भएका संस्थाहरू मध्य ५० प्रतिशत शेयर‚ बचत तथा शेयर सदस्य समेटेको बताउनु भयो । पाँचखालमा झण्डै १५० को हाराहारीमा सहकारी रहेपनि सकृय सहकारीको संख्या ३८ छ । जुन सहकारी सबैको जोड्दा हुने शेयर रकम ‚ बचत तथा शेयर सदस्यहरूको आधा हिस्सा आर्थिक विकास मित्र सहकारीको रहेको बताउनु भयो ।

    स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकारीको विषयमा कुरा गर्न खोज्दा बनेपा नगरपालिका बाहेक अन्यका मेयरहरूले समय नदिएको बताउँदै राज्यलाई त्यति धेरै कर तिरेको सहकारीको विषयमा कुरा गर्न खोज्दे चासो नदिनु दुखद भएको अध्यक्ष शर्माले बताउनु भयो । स्थानीय तहले सहकारीले गरेका कार्यहरूको अनुगमन गर्दै राम्रा कार्य गर्नेलाई हौसला तथा कमी कमजोरी गर्नेलाई सुधार्न जरुरी रहेको बताउनु भयो ।

    संस्थाका अध्यक्ष सरोज सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रवक्ता अप्सरा ढुंगाना ‚ पाँचखाल सहकारी सञ्जालका संयोजक विद्यालक्ष्मी देउजा ‚ संस्थाका संस्थापक अध्यक्ष ईश्वरी राजकुमार मैनाली ‚ संस्थाका सल्लाहकार रामशरण दाहाल ‚ मेनेजर्स क्लबका सदस्य अरुण थापा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव नारायण प्रसाद ढुंगाना द्वारा सञ्चालित कार्यक्रममा संस्थाका उपाध्यक्ष सत्यवती भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि दिलिप शर्माले सहकारीको क्षेत्रमा उल्लेख्य फड्को मार्दै काभ्रे जिल्लालाई अव्बल बनाउन सफल भएकोमा भव्य ढंगबाट सम्मान गरिएको थियो ।

    संस्थाको १७ औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित हुनेहरूमा अध्यक्ष बाबुकाजी पराजुली ‚ उपाध्यक्ष राजन कार्की ‚ उपाध्यक्ष जान्दवि अधिकारी ‚ सचिव राम प्रसाद कोइराला ‚ कोषाध्यक्ष दामोदर दुलाल रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा विष्णु प्रसाद पराजुली ‚ बुद्धि प्रसाद पराजुली ‚ श्याम कुमार चौलागाईँ ‚ वेला लामा ‚ रामेश्वर सापकोट ‚ सविना पराजुली ‚ दुर्गा अर्याल रहनु भएको छ । त्यसैगरी लेखा समितिमा संयोजक बद्रि प्रसाद आचार्य सदस्यहरूमा डि.वि एडि र उज्जल कोइराला रहनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार