२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

२६ जना विद्यार्थी पडाउन ११ शिक्षक ६ का.स‚ विद्यालय मर्जको विकल्प रहेन

११२८५ पाठक संख्या
  • २०८० आश्विन १३, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । सामुदायिक विद्यालयहरूमा विद्यार्थीको संख्या न्यून हुँदै गर्दा शिक्षक तथा कर्मचारीको संख्या र विद्यार्थीको संख्या बराबरी हुने अवस्था आएको छ । जसको कारण विद्यालयहरू मर्ज गर्ने तयारीमा जुटेको छ पाँचखाल नगरपालिका ।

    पाँचखाल नगरपालिकामा रहेका विद्यालयहरू मध्य ६ विद्यालयमा एकाङ्कीको सङ्ख्यामा विद्यार्थी रहेका छन् भने २ विद्यालयमा दर्जनको हाराहारीमा विद्यार्थीहरू रहेका छन् । न्यून विद्यार्थी संख्या हुँदा अध्यापनमा असहज अवस्था आउने भएकोले शिक्षक व्यवस्थापन तथा दरबन्दी मिलान सम्बन्धी मापदण्डको आधारमा विद्यालय मर्ज गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुख उदय कोइरालाले जानकारी गराउनु भयो ।

    पाँचखाल १३ मा रहेको गङ्गा प्रावि ‚ पाँचखाल ११ मा रहेको धरणी प्रावि र समाजसुधार प्रावि ‚ पाँचखाल ९ मा रहेको सरस्वती प्रावि ‚ पाँचखाल वडा नं ८ मा रहेको जनज्योति प्रावि ‚ पाँचखाल वडा नं ६ मा रहेको भमरकोट हिमालय आधारभुत विद्यालय समेतमा शिक्षक संख्या ११ कार्यालय सहयोगी ६ जना रहेका छन् जुन विद्यालयहरूमा २६ जना विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् ।

    गङ्गा प्रावि मा शिक्षक संख्या १ विद्यार्थी संख्या २ ‚ धरणी प्राविमा शिक्षक १ विद्यार्थी संख्या ५ ‚ सरस्वती प्राविमा शिक्षक २ विद्यार्थी ४ ‚ जनज्योति प्राविमा शिक्षक २ विद्यार्थी ४ ‚ समाजसुधार प्राविमा शिक्षक २ विद्यार्थी ५ ‚ भमरकोट हिमालयमा शिक्षक ३ विद्यार्थी ६ जना रहेका छन् ।

    उल्लेखित ६ विद्यालयहरूको मर्जको तयारी अन्तिम चरणमा पुगेको छ । जसमा गङ्गा प्रावि जागृति आधारभुत विद्यालयमा समायोजन ‚ धरणी प्रावि गंगादेवी आधारभुत विद्यालयमा ‚ सरस्वती प्रावि पलाञ्चोक भगवती माविमा ‚ जनज्योति प्रावि जनता माविमा ‚ समाजसुधार प्रावि भगवती प्राविमा र भमरकोट हिमालय जोरपाटी माविमा समायोजन हुने नगर शिक्षा समितिले जानकारी गराएको छ ।

    त्यसैगरी २ विद्यालयमा ४ जना शिक्षकले २८ जना विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका छन् । जसमा पाँचखाल वडा नं १२ मा रहेको नारायण प्राविमा शिक्षक संख्या २ विद्यार्थी संख्या १४ रहेको छ । पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको झिंगना प्राविमा २ शिक्षक १४ विद्यार्थी रहेका छन् । उल्लेखित दुई विद्यालयहरूलाई स्थगन गर्नको लागि शिक्षा समितिमा प्रतिवेदन पेस गरेको छ । जसमा नारायण प्राविको समायोजन आजाद मावि र झिंगना प्राविको समायोजन जोरपाटी माविमा गरिने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित खबरहरु
    बिशेष समाचार