२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मन्त्रिपरिषद्र्को निर्नयबाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता


९६७३ पाठक संख्या
  • २०८० आश्विन १४, आईतबार मा प्रकाशित १ साल अघि
  • काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिए पनि सो मूल्य कार्यान्वयन हुन भने केही समय लाग्ने भएको छ ।

    आइतबार मध्यान्ह बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमले शनिबार राति इन्धनमा गरेको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको थियो ।

    तर, मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयको औपचारिक पत्र प्राप्त नभएसम्म मूल्य समायोजन नहुने निगमले जनाएको छ ।मूल्य वृद्धि फिर्ताको समाचार सुनेका छौं,’ निगमका एक अधिकारीले भने, ‘तर, मन्त्रिपरिषद्को पत्र प्राप्त नभएसम्म मूल्य फिर्ताको निर्णय कार्यान्वयन हुन्न । मूल्य फिर्ताको निर्णय कार्यान्वयन हुन केही समय लाग्छ ।’

    निगमले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने पनि जनाएको छ ।सरकारको निर्णयसँगै मूल्य वृद्धि फिर्ता हुँदा खाना पकाउने ग्याँस र हवाई इन्धन घाटामा जाने निगमले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार