२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

शाखा खोल्न आउनेहरुले गर्दा सहकारीको बदनाम भएको हो — शर्मा‚ प्रगतिशीलको २४ औं साधारण सभा सम्पन्न 


९८०३ पाठक संख्या
  • २०८० आश्विन २०, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्माले आफूले सबै खाले व्यक्तिगत कार्य छाडेर बिहान देखि बेलुका सम्म सहकारी अभियानको काममा मात्रै व्यस्त रहेको बताउनु भयो ।

    आज (शनिबार) पाँचखालमा प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा एवं २५ औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथि शर्माले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि शर्माले थप्नुभयो —म जव सम्म जिल्ला सहकारी संघको नेतृत्व गरिरहन्छु तव सम्म जिल्लामा रहेका सहकारीहरुको संरक्षण साथै शेयर सदस्यहरूको हितको खातिर कार्य गरिरहन्छु । सहकारी अभियानमा निरन्तर लाग्दै गर्दै देशका ७७ जिल्लाको तफर्बाट १०१ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महाँसंघले आयोजना गरेको उक्त कार्यक्रममा पहिलो पुरस्कार प्राप्त गर्न सफल रहेको बताउनु भयो ।

    चलनचल्ती भन्दा बडी व्याजको लोभ गर्दा केही सदस्यहरूको मूलधन डुबेको छ । सहकारीमा मुद्धतिमा राखेको पैसा समयमा नआउँदा तीन महिना ओछ्यानमा पर्नुभो झण्डै ज्यान नै गएको । बाहिरबाट शाखा खोल्न आउने सहकारीले गर्दा समस्या आएको छ । उनीहरूले आर्थिक संकलन गरेर केन्द्रिय कार्यालय माफर्त लगानी गर्छन । शाखा खोल्न आउने सहकारीको सञ्चालक तथा कर्मचारी अपरिचित हुन्छन् त्यस्ता अपरिचितलाई विश्वास गर्दा समस्या आउनको साथै सहकारी क्षेत्र नै बदनाम भएको हो ।

    समुदायमा केन्द्रित भएर सञ्चालन भएका सहकारीहरु लाई विश्वास गर्ने वातावरण जहिले सम्म सृजना गर्न सक्दैनौ तबसम्म पछाडि पर्ने ठोकुवा गर्नुभयो प्रमुख अतिथि शर्माले । सहकारीमा रहेका सञ्चालक समितिहरूको बेइमानीले गर्दापनि समस्या नआएको हैन । सहकारीलाई कम्पनी तरिकाले चलाउनाले समस्या आएको छ । काभ्रेमा रहेका सहकारीमा आएको समस्याको बारेमा अनुगमन गरियो जसमा नीति र विधिको विपरित कार्य गर्दै जग्गामा लगानी गर्दा समस्या भएको छ ।

    पाँचखाल नगरपालिका पनि नियमनको क्षेत्रभित्र पर्ने नगरपालिका सरकार भएको हुँदा उपमेयरलाई साक्षी राखेर भन्छु नगरमा रहेका सहकारीलाई राम्रो गर्ने हो भने हामीलाई बोलाएर छलफल गर्ने वातावरण निर्माण गर्नोस् । गरको पैसो खर्च हुन्छ भन्ने लाग्छ भने एक कप चियापानी खुवाउनु पर्दैन हामी आउन तयार छौं । सहकारीको क्षेत्रमा बनेपा नगरपालिकाले उत्कृष्ट कार्य गरेको छ ७५३ पालिका मध्यको उत्कृष्ट सावित हुँदैछ त्यसको सिको लिएर कार्य गर्दा पनि धेरै राम्रो हुन्छ सहकारीको क्षेत्रमा प्रमुख अतिथि शर्माले भन्नुभयो ।

    संस्थाका अध्यक्ष केशव प्रसाद काफ्लेको अध्यक्षता उपाध्यक्ष सरोज न्यौपानेले स्वागत मन्तव्य राखी सुरु भएको उक्त कार्यक्रममा विषेश अतिथि जिल्ला समन्वय समिति काभ्रे प्रवक्ता अपसरा ढुंगाना सिपखान ‚ पाँचखाल नगरका उप प्रमुख सुर्य मायाँ दनुवार ‚ पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङ ‚ वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी ‚ वडा नं ५ का वडा अध्यक्ष सिताराम ढुंगाना ‚संस्थाका सल्लाहकार संयोजक शुभ प्रसाद अधिकारी, सञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली ‚ पाँचखाल सहकारी सञ्जालका अध्यक्ष विद्यालक्ष्मी देउजा ‚ आर्थिक विकास मित्र वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बाबुकाजी पराजुली ‚ स्वेच्छा बचत तथा ऋण सहकारी संस्था अध्यक्ष ओंकार श्रेष्ठ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव रमेश प्रसाद सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    मुलुकमा राजनीतिक परिवर्तनको क्रममा पाँचखाल र आसपासको क्षेत्रमा आर्थिक कारोबार गर्न निकै ठुलो समस्या परेको अवस्थालाई मध्यनजर राख्दै २०५६ सालबाट सञ्चालनमा आएको प्रगतिशील बहुउद्देश्यीय संस्थाले स्थानियको मन जित्न सफल भएको छ । शेयर सदस्य बिचमा सहज ढंगबाट आर्थिक कारोबार साथै सामाजिक हितको लागि कार्य गर्दै आएको उक्त संस्थामा असार मसान्त सम्ममा १६५३ जना सेयर सदस्यहरू रहेका छन् । जसबाट २ करोड ४३ लाख १३ जहार ५ सय शेयर रकम ‚ ९ करोड २७ लाख १७ जहार ४ सय ९९ बचत ‚ जगेडा कोष १ करोड २६ लाख २८ हजार ६ सय ९९ र अन्य कोषमा ५६ लाख २३ हजार ९ सय १४ रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार