२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

आयुर्वेद उपचारको लागि स्थानिय सरकाले सघाउनु पर्छ —प्रजिअ (भिडियो सहित)


८९१९ पाठक संख्या
  • २०८० आश्विन २५, बिहिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आयुर्वेदिक उपचारले रोग ढिलो निको भएपनि स्वास्थ्यमा अन्य असर नगर्ने बताउनु भयो ।

    आज (विहिबार) जिल्ला आयुर्वेद कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा पत्रकारहरुसंग भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि प्रजिअ शर्माले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रजिअ शर्माले भन्नुभयो— आयुर्वेद उपचार प्राचिन पद्धती मानिन्छ जसबाट ‘प्रतिअसर नहुने, रोगको उपचार गर्न सकिने भयो साथै यसै अनुसार हामीले हर्वल पद्धतीबाट पनि उपचार गर्ने गरेका छौं । तर जनमानमा बुझाई अलि ढिलो निको हुन्छ भन्ने हो । जसले गर्दा यलोप्याथिक औसधीहरु प्रयोग गरेको जनमानसमा रहेको बताउनु भयो । आयुर्वेद स्वास्थ्यको बारेमा जनचेतनाको आवश्यक छ जसबाट धेरै जनता समक्ष पुर्याउनु पर्छ । आयुर्वेदिक अन्तरगत हर्वल उपचार, आहार विहार, योग ध्यान समेतलाई समेट्ने यो पद्धतीको प्रयोगबाट व्यक्तिलाई रोग नलाग्ने बताउनु भयो । यस्तो राम्रो कार्यको लागि स्थानिय सरकारले सघाउनु पर्ने बताउनु भयो ।

    त्यसैगरी कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका काभ्रेका चिकित्सक डा. वशंंवदम्वा कौण्डिन्यायनीले ‘विगतका बर्षहरुको तुलनामा आयुवेद सेवा लिनेको संख्या बढेको बताउनु भयो । तर सोचे अनुसारको उपलब्धि हासिल गर्न नसकेको बताउनु भयो ।

    चिकित्सक डा. कौण्डिन्यायनीका अनुसार, आर्थिक बर्ष २०७९÷८० मा ३१ हजार ७ सय ४२ जनाले बहिरंग सेवा लिएका छन् । ५ सय ३१ जनाले स्नेहन, स्वेदन अन्तर्गत ५ सय ६४ जनाले एकांग, ४६ जनाले सर्वागं, ९ जनाले नस्य , ५ जनाले शिरोधारा, २७ जनाले स्थानिक भास्ती, ३ हजार ४ सय ८७ जनाले थेरापेटिक योगा, १ हजार ९ सय ५६ जनाले प्रवद्र्धनात्मक योगा, १ हजार ४१ जनाले अक्युपञ्चर, ७३ जनाले अक्युप्रेसर, २ सय ६७ जनाले कपिङ सेवा लिएको केन्द्रले जनाएको छ ।

    ६ सय ४८ जना स्तनपायी आमालाई दुधवद्र्धक खानेकुरा, ९ हजार ६३ जना जेष्ठ नागरिकलाई सेवा र २ हजार १ सय ११ वटा प्रयोशाला परिक्षण समेत गरिएको छ । जिल्लाको धुलिखेल, दाप्चा, मंगलटार र बालुवामा रहेको आयुर्वेदिक औषधालय र बेथानचोक, भुम्लु, पनौती र मण्डनदेउपुरमा रहेका नागरिक आरोग्य केन्द्रमार्फत पनि सेवा प्रदान गरेको डा. कौण्डिन्यायनी बताउनु भयो । उहाँले थप्नुभयो — श्रोत र साधन अभावको कारण सेवा विस्तार गर्न सम्भव भएन । ‘सिमित श्रोत र बजेट छ, निशुल्क आउने २३ प्रकारका औषधी पनि सिमित छ, माग अनुसार आपुर्ति हुन सकेको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार