२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

लक्ष्य भन्दा धेरै उपलब्धि बेथानचोक‚ नगरमा बस्नु भन्दा यस्तो गाउँपालिकामा बस्नु भाग्य हो—खरबुजा


२२३०९ पाठक संख्या
  • २०८० आश्विन २६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले विकास निर्माणको कार्यको लागि लिएको लक्ष्य भन्दा धेरै उपलब्धि हासिल गर्न सफल भएको छ ।

    ०७९ बैशाखमा स्थानीय तहको निर्वाचनमा बेथानचोक गाउँपालिकामा पालिका अध्यक्ष रुपमा निर्वाचित भगवान अधिकारीले पदभार ग्रहण गर्दै गर्दा पालिकाको दिगो विकासको लागी तीन लक्ष्य निर्धारण गर्नुभएको थियो ।

    अध्यक्ष अधिकारीले पालिकाको विकासको लागि पहिलो सडक ‚ दोस्रो र तेस्रोमा स्वास्थ्य र शिक्षाको विकासमा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै पदभार ग्रहण गर्नुभएको थियो । जस अन्तरगत दिगो विकासको लागि प्रत्तेक बर्ष ५ किलोमिटर पक्का सडक (कालोपत्रै सडक ) निर्माण गर्ने लक्ष्य लिएको थियो ।

    तर पालिकाले लिएको लक्ष्य भन्दा २ किलोमिटर बडी पक्की सडक निर्माण गर्दै ढलान र कालोपत्रे गरी ७ किलोमिटर निर्माण गर्न सफल भएको छ । पनौती नगरको सिमानाबाट बेथानचोक जाने ( पार्टीखर्क ‚ ढुंगखर्क ‚ मुसे खोल्छा ) ५ किलोमिटर सडक निर्माणको लागि पालिकाले ९ करोड बजेट विनियोजन गरेको थियो । सो सडक निर्माणको लागि ५ करोड ५० लाखमा टेन्डर परेको थियो । पालिकाको अन्य स्थानमा गरिएको सडक ढलान  २ किलोमिटर रहेको छ जसले गर्दा ७ किलोमिटर पक्की सडक  निर्माण भएको छ ।

    पनौती बजारबाट खोपासी हुँदै बेथानचोक गाउँपालिका तफर् अगाडि बढेको सकमा यात्रा गर्दै गर्दा धुलो र हिलोले सास्ती खेप्दै अगाडि बढ्दै वेथानचोकको स्वागत गेटैसँगै स्तरीय कालो पत्रै सडकले यात्रामा रहेका मन लोभ्याएको छ । सडक बनोस त बेथानको जस्तो ‚ जनप्रतिनिधि हुन् त भगवान अधिकारी जस्ता तव मात्रै जनताले सुखको अनुभुति गर्न पाउँछ ‚ समृद्ध नेपाल निर्माणमा आशावादी रहन्छन् — काभे्रको ऐतिहासिक एवं पुरातात्विक महत्वको बेथानचोक नारायणस्थान यात्रामा निस्कनु भएका आन्तरिक पर्यटक सञ्जीव खरबुजाले तर्क गर्नुभयो । उहाँले थप्नुभयो हाम्रो घर त नगरपालिकामा पर्छ तर के गर्नु कर तिर्ने मात्रै काम हो । सेवा सुविधा एकादेशको कथा जस्तो भयो । त्यस्तो नगरपालिकामा बस्नु भन्दा बेथान जस्तो गाउँपालिकामा बस्न पाउनु भाग्य हो ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%४%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार