२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

ग्रामीण स्तरमा रहेका सहकारीमा समस्या नभएपनि शहरमा रहेकामा समस्या छ —पौडेल ‚ स्वेच्छाको १३ औं साधारण सभाबाट नेतृत्वमा पुन ओंकार


९४९१ पाठक संख्या
  • २०८० आश्विन २६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ मा केन्द्रिय कार्यालय स्थापना गरी सञ्चालन भएको स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाको १३ औं बाषिर्क साधारण सभा आज ( शुक्रबार ) सम्पन्न भएको छ ।

    पाँचखाल र आसपासको क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै शेयर सदस्यहरूको हित साथै सामाजिक कार्यमा समेत सकृय ढंगबाट अगाडि बढेको सहकारीले लक्ष्य भन्दा वढी उपलब्धि हासिल गर्न सफल भएको छ । सहकारीको लागि सङ्क्रमणकालीन अवस्थामा रहेको समयमा समेत संस्थाले ऋण असुलीमा लिएको लक्ष भन्दा बढी उपलब्धि हासिल गरेको छ । संस्थाले असुली लक्ष्य ६ करोड रहेकोमा ७ करोड ९२ लाख ४१ हजार ९५५ असुली गर्न सफल भएको छ ।

    १ हजार १११ जना शेयर सदस्यका बिचमा कारोबार गर्दै आएको संस्थामा शेयर पुँजी १ करोड १५ लाख ६८ हजार १०० रहेको छ । त्यसैगरी १३ करोड ६४ लाख ७ हजार ५७४ बचत रहेको छ । संस्थाले ८ करोड ७७ लाख ९७ हजार ५३८ लगानी गरेको छ भने २७ लाख १८ हजार ९६३ खुद बचत गर्न सफल भएको छ । संस्थाले शेयर सदस्यहरूको हितको खातिर मोबाइल बैङ्किङ सेवाको समेत सुरुवात गरेको छ ।

    १३ औं साधारण सभाबाट चार वर्षे कार्यकालको लागि कार्यसमितिको चयन भएको छ । संस्थाको हितको खातिर साथै शेयर सदस्यहरूको बुढेसकालको साहराको रुपमा संस्थालाई अगाडि बढाउन निर्वाचन प्रकृया  भन्दा सहमतिकै आधारमा कार्यसमितिको चयन गर्नुपर्ने सहकारीका शेयर सदस्यहरूको सुझावको आधारमा कार्यसमितिको चयन भएको छ । जसको अध्यक्षमा पुन ओंकार श्रेष्ठ र उपाध्यक्ष रामकुमार बोहरा रहनु भएको छ । सचिवमा गणेश दनुवार सदस्यबाट पदोन्नति गरिएको छ । त्यसैगरी कोषाध्यक्षमा सुनिल सापकोटाले निरन्तरता दिनुभएको छ । सदस्यहरूमा रीता श्रेष्ठ ‚ निराजन लाल श्रेष्ठ ‚ सुरेश दनुवार ‚ रजनी श्रेष्ठ ‚ मुना दनुवार ‚ राजु श्रेष्ठ र कोमल बहादुर रहनु भएको छ । त्यसैगरी रञ्जित बोहराको संयोजकत्वमा रहेको लेखा समितिका सदस्यमा केदार नापित र शिवहरी लामिछाने रहनु भएको छ ।

    स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष ओंकार श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरे पश्चात सुरुभएको १३ औं साधारण सभाको प्रमुख अतिथि काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव सुरेन्द्र पौडेलले ग्रामीण क्षेत्रमा आधारित सहकारी संस्था भन्दा बजारमा रहेको सहकारीहरूमा समस्या आएको बताउनु भयो । बनेपा नगरमा हालै भएको अनुगमन गर्दा ६३ वटा सहकारी हराएको भन्ने मिडियामा आएपनि वास्तवमा हराएको नभई नगरपालिकामा फाइल नरहेको बताउनु भयो । पालिका स्तरबाट भएका अनुगमनले सहकारी क्षेत्रमा सहजता ल्याउने बताउँदै सञ्चालनमा समस्या भएका सहकारीहरु मर्जको प्रकृयामा जानुपर्ने बताउनु भयो ।

    कार्यक्रमका विशेष अतिथि आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका सदस्य ठाकुरनाथ अधिकारीले स्वेच्छा सहकारी संस्था पाँचखालमा सञ्चालन भएका सहकारीहरु मध्य उत्कृष्ट रहेको बताउनु भयो । सहकारी सञ्चालनको नीति र विधिमा रहेर यस्तो राम्रो कार्य गर्ने सहकारीलाई जिल्ला सहकारी संघको तफर्बाट गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने बताउनु भयो ।

    विशेष अतिथि अधिकारीले थप्नुभयो संस्थामा रहेको तरल पुँजीलाई बैंकमा राख्ने नभई जिल्ला सहकारीमा जममा गर्न अनुरोध गर्नुभयो ।  तपाईंको संस्थामा तरल अभाव भयो सूचना पाउनासाथ सहकारी संघ सहयोग गर्न तयार रहन्छ ‚ ढोकामै पैसो लिएर हाजिर हुन्छ तर सहकारीमा तरल अभाव भएमा बैंकले कुनै सहयोग नगर्ने बताउनु भयो ।

    संस्थाका उपाध्यक्ष राम कुमार वोहराबाट सञ्चालित तथा सल्लाहकार शिवहरी लामिछानेबाट स्वागत मन्तव्य राखी सुरुभएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रवक्ता अप्सरा ढुंगाना सिपखान ‚ पाँचखाल नगरपालिका सहकारी शाखाका प्रमुख सुदर्शन बोलले ‚ सञ्चारकर्मी इश्वरी राजकुमार मैनाली ‚ सर्वमङ्गला माविका प्र.अ जयराम अधिकारी ‚ आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष राजन कार्की ‚ प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशव प्रसाद काफ्ले लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार