२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

नमोबुद्धले एकिकृत घुम्ती सेवा सञ्चालन गर्ने


१२२४७ पाठक संख्या
  • २०८० कार्तिक २४, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । नागरिकलाई घरदैलोमा नै सेवा उपलव्ध गराउन नमोबुद्ध नगरपालिकाले एकीकृत घुम्ती सेवा संचालन गर्ने भएको छ ।

    नगरपालिका केन्द्रबाट भौगोलिक रुपमा टाढा रहेका टोलबस्तीमा उपभोक्ता समिति गठन तथा अभिमुखीकरण, राजश्व संकलन, स्वास्थ्य, कृषि तथा पशु सेवा, अपांगता लगायतका लक्षित वर्ग सम्बन्धमा नगरपालिकाबाट प्रदान गरिने सेवासहित सबै वडामा मंसिर मसान्तसम्म एकिकृत घुम्ती सेवा सञ्चालन गर्ने नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए ।

    आर्थिक वर्ष २०८०/०८१ को लागि दोश्रो नगर सभाको तेश्रो अधिवेशनबाट स्वीकृत भएको वार्षिक विकास योजना (नीति, कार्यक्रम तथा बजेट) कार्यान्वयन गर्ने सन्दर्भमा वडास्तरमा नै योजना सम्झौता गर्ने नगरपालिकाको तयारी छ ।
    सुशासन र पारदर्शितामा जोड दिँदै नगरपालिकाले मंसिर ७ गते सार्वजनिक सुनुवाइ गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा र चालु आर्थिक बर्षको प्रथम त्रैमासिकमा सम्पादन गरिएका कार्यहरुबारे सार्वजनिक सुनुवाइ हुनेछ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु