काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मिति धुलिखेल धुलिखेल नगरपालिका वडा नं ११ बाँनियाछापमा आज विहान ४ बजे आगलागि हुँदा ९ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।
बाँनियाछाप स्थित बलराम धितालको ढुङगा माटो र जस्ताले छाएको ३ तल्ले घरमा अचानक आगलागि भएको खबर पाउना साथ प्रहरी र स्थानियको सकृयताले मानविय क्षति नभएको जानकारी प्राप्त भएको छ ।
आगलागि हुनुको कारण नखुले पनि उक्त घर नजिकै रहेको जस्ताको छाना जस्ताले बारेको गोठमा समेत आगलागि भएको, उक्त घरमा मानिस बस्ने नगरेको अन्नपात राख्ने गरेको खुल्न आएको छ । आगो नियन्त्रणको लागि धुलिखेल नगरपालिकाको दमकल र स्थानिय साथै प्रहरीको सकृयतामा आगो नियन्त्रणमा लिएको थियो ।
आगलागिबाट पिठो पिस्ने मेसिन थान –१,हाते टेक्टर थान–१,भुसा काट्ने मेसिन थान –१,मकै ७० मुरि,तोरी ३ मुरी,गँहु ३ मुरी,धान २ मुरी,जैँ घाँस १ मुरी, खाध्यन्न, भाडाँकुँडा , पराल, घर र सँगै रहेको गाईगोठ समेत गरी ९ लाख क्षति प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस