काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको चौरिदेउरालि गाउँपालिका वडा नं ५ ढाडखर्कमा रहेको चौरीदेउराली गाउपालिकाको कर्मचारी आवासमा आगलागि भएको छ ।
कर्मचारीहरुको निवासमा अचानक बिधुतको तार सर्ट भई आगोलागि भएको प्रहरीले जनाएको छ । घटना घटेको जानकारी पाउनासाथ तत्काल प्रहरी चौकि ढाडखर्क बाट खटी गएको प्रहरी, कर्मचारी र स्थानिय को सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको छ ।
घटनामा मानबिय तथा चौपाय क्षति नभएको २ वटा कोठा आंशिक रुपमा क्षेति भएको अन्य क्षतिको बिबरण आउन बाकि रहेको छ ।
प्रतिक्रिया दिनुहोस