२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

मोटरसाईकल चोरीको अभियोगमा पाँचखालका अधिकारी पक्राउ


१०६८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० पौष २५, बुधबार मा प्रकाशित ८ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रे जिल्ला पाँचखाल नगरपालिकाका वडा नं. ६ का कृष्ण वहादुर अधिकारीको छोरा सुनिल अधिकारीलाई मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार अधिकारीलाई मंगलबार पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार बनेपा न.पा. वडा नं. ८ बस्ने उत्कर्श दाहालको बागमती प्रदेश ०२-०३२ प ६६४४ नम्बरको २०० सिसि पल्सर एनएस मोटरसाइकल अधिकारीले चोरेको पुष्टि भएको छ । सोम्बार बेलुकी ८:४० बजेको समयमा तिनदोबाटो नजिकै रहेको सुकुबजी छे होटल अगाडि पार्किङ गरी राखेको अबस्थामा चोरी भएको थियो ।

    चोरी गर्न नहुने मुद्दा शिर्षकमा काभ्रेपलान्चोक जिल्ला अदालतबाट दिन-७ (सात) को म्याद थप अनुमति प्रदान भइ थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु