२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

रोशीमा राष्ट्रिय प्रसारणलाईन जडान


६९४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० माघ ६, शनिबार मा प्रकाशित ७ महिना अघि
  • रोशी । काभ्रे जिल्लाको रोशीगाँपालिका वडा नं. ११ भिमखोरीको ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान भएको छ । शुक्रबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाद्वारा प्रसारण लाईनको शुभारम्भ गरेका हुन् ।

    सो वडाको छहरे, भैसे, पौवा, भदौरे, मानेगाँउ, अमला बासको ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान भएको हो । वडामा करिब एक हजार घरधुरी रहेकोमा हालसम्म ६ सय १२ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान भईसकेको वडाध्यक्ष लालकुमार पाख्रिनले जानकारी दिएका छन् । उनका अनुसार अबकरिब ७८ घरधुरीमा लाईन जडान गर्न बाँकी रहेको छ भने अन्य घरधुरीमा सामुदायिक विद्युतिकरण द्वारा विद्युत जडान गरिएको छ ।

    राष्ट्रिय प्रसारण शाखा लाईन बिस्तारको लागि ३ करोडमा ठेक्का सम्झौता भएको थियो । लाईन बिस्तारका लागि शान्ति समिर कन्स्ट्रक्सनले ठेक्का पाएका थिए । ३० किलो मिटर एबिसि केवुल, ७४० वटा ८ मिटरको स्टिल पोल, ४ वटा ट्रान्सफर र प्रोजेक्टबाट अन्यथप गरी शाखा लाईन बिस्तार गरेको नेपाल विद्युत प्राधिकरण बनेपा शाखाले जनाएको छ ।

    सो वडाका स्थानीयहरूलाई रोशी गाउँपालिकाले निशुल्क विद्युत मिटर वितरण गरेको छ । त्यसको लागि गाउँपालिकाले ६ लाख खर्च गरेको वडाध्यक्षले जानकारी दिए ।

    गाउँपालिका अध्यक्ष लामाले वडा नंं. ११ को वडा कार्यालयको एमसिबी अन गरेर राष्ट्रिय प्रसारण लाईनको उद्धघाटन गरेका छन् । यस अघि वडा कार्यालयमा सौर्य सोलार मार्फत कामगर्दै आएका थिए । प्रसारण लाईन जडान भएपछि वडाध्यक्ष लालकुमार पाख्रिन खुसीहुदै गाउँपालिका र विद्युत प्राधिकरण लाई धन्यवाद व्यक्त गरेका छन् । ‘अज म अति नै खुसी छु । राष्ट्रिय प्रसारण लाईन जडान भएको छ । अब वडाबाट जनताको काम सहज रुपमागर्न सक्ने भएको छ ।’ उनले भने, ‘नत्र आकाशमा वादल छायो की डर लाग्थ्यो । कही सोलार चर्ज सकेर काम रोकिने हो कीभन्ने डर लाग्थ्यो ।’

    उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाईबा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेस रोशीका सभापति दुधराज लामा, नेपाली कांग्रेस रोशी वडा नं. ११ का सभापति मिन बहादुर रुचाल, नेपाल विद्युत प्राधिकरण बनेपा शाखाका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु