२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

शिक्षक तथा विव्यस लाई राजनीतिबाट टाडा राख


१८०४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन २३, बुधबार मा प्रकाशित ८ महिना अघि
  • ज्ञानको भण्डारको रुपमा रहेको शिक्षा क्षेत्रमा पछिल्लो समयमा आएर राजनीतिले गिजलेको छ । शिक्षा क्षेत्रमा जिम्मेवारी सम्हाल्दै गरेका व्यक्ति विद्वत् हुन्छ । उनीहरूलाई प्रयोग गर्न पाउँदा दलगत स्वार्थ साथै व्यक्तिगत स्वार्थ पुरा हुने अपेक्षा गरेका हुन्छन् दलहरूले । तर शिक्षकहरूलाई राजनीतिमा हिडाउदा सामाजिक रुपमा कति घाटा हुन्छ भन्ने विषयमा चासो राखेको हुदैन । उनीहरूलाई थाहा छ , शिक्षकलाई राजनीतिमा सक्रिय बनाउँदा सामाजिक रुपमा कति घाटा लाग्छ भन्ने । तर सामाजिक फाइदाको विषयमा वास्तै नगरी दलको झण्डा बोकाउने कार्य हुन्छ । शिक्षकले सहज ढंगबाट झण्डा बोक्न त रुचाउँदैनन् तर वाध्य पारिन्छ ।

    सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरूको सरुवा तथा अन्य सुविधाको लागि राजनीति करण हुने गरेको छ । जसको कारणले पनि शिक्षकहरू दलको झण्डा बोक्न बाध्य रहन्छन् । जसको कारण दलको भातृ संगठनको रुपमा रहेको शिक्षक सङ्गठनमा आवद्ध रहन निकै ठेलम ठेल रहन्छ । त्यस्ता सङ्गठनमा आबद्ध भएपछि आफु निकटको दलको वर्चश्व एवं शक्तिमा रहंदा शिक्षकहरूले विद्यार्थीको भविष्यको विषयमा चासो दिनु भन्दा दलले बोलाएको ठाममा दलको झण्डा समात्दैमा व्यस्त रहन्छन् । जसको कारण विद्यार्थीहरूको भविष्य अन्धकार हुन्छ । विद्यार्थी तथा अभिभावकले शिक्षकले विद्यालयमा नियमित नपडाएको गुनासो त हुन्छ तर सुनवाई हुँदैन । विद्यालयमा हाजिर नभएपनि सेवा सुविधामा कमी रहन्न ।

    उता विद्यालय व्यवस्थापन समितिमा राजनीतिमा सकृय नभएका विद्यालयका हित चाहने निष्पक्ष , सक्षम अभिभावले स्थान पाउँदैनन् । सो समितिमा दलगत भागबन्डा हुन्छ । गैर अभिभावक भएपनि दलका सङ्गठित व्यक्तिले स्थान पाउँछ । विद्यालय व्यवस्थापन समितिको चयनको क्रममा विद्यालयको हितको खातिर भन्दा पनि दलको हितमा काम गर्ने व्यक्तिको चयनको लागि दलहरूको सकृयता उच्च रहन्छ । दलको शक्तिको आडमा विद्यालय व्यवस्थापन समितिको जिम्मेवारी सम्हालेका व्यक्तिहरूले आफू निकट दलमा आबद्ध शिक्षकको पक्षमा उभिन्छ । विद्यार्थीहरूको भविष्य निर्माण गर्ने विषयमा ध्यान दिनुको बदला आफू निकट दलमा काम गर्ने विषयमा प्रशिक्षण दिने गर्दछन् । जसले गर्दा विद्यार्थीको भविष्य अन्धकार दलगत फाइदा मालामाल ।

    अभिभावकले विद्यार्थीको पढाई खस्केको भनेर सोध्नु अस्वभाविक हैन तर जवाफ आउँछ “विद्यालयमा धेरै सुधार भएको छ , पहिलाको जस्तो हैन ।” तपाईंको छोराले पड्न मान्दैन कक्षामा बस्दैन त्यसले गर्दा कमजोर हो लाजै नमानी जवाफ आउँछ । तर परीक्षामा सहभागि विद्यार्थीहरू कति प्रतिशत उत्रिर्ण भएका छन् भन्ने विषयमा ध्यान पुगेको हुँदैन । शिक्षक तथा व्यवस्थापन समितिले आफ्नो दायित्व के हो कति पुरा गरियो भन्ने विषयमा चासो छैन छ त केवल दलगत स्वार्थ पुरा गर्नेमा मात्रै । विद्यालयमा थोरै विद्यार्थी कमजोर हुनु अस्वभाविक हैन तर ९० प्रतिशत भन्दा बढी कमजोर हुनुमा दोस विद्यार्थीको नभई नि दलका झोले शिक्षकको नै हो ।

    विद्यार्थीलाई पडाउनु पर्ने बेलामा दलको झोला बोक्ने , विद्यालयमा अनुपस्थित भएरै सेवा सुविधा लिने काम दलको साथै विद्यालय व्यवस्थापन समितिको आडमा हुन्छ । मुलुकका कर्णधार , वृद्ध अभिभावकका आशा र भरोसाको त्यान्द्रो कलिला बालबालिकाको कुमालेको हातको काँचो माटो रूपी दिमागमा दलको छाप साथै नकारात्मक सोचको विकास नभई उसको क्षमता वृद्धि , सक्षम एवं विद्वत् बनाउँदै मुलुकको कर्णाधार एवं ति भरोसामा रहेका अभिभावकको आँखाको आशु पुछ्दै हाँसोमा परिणत गराउने ढङ्गको शिक्षा प्रदान गर्न अति आवश्यक छ । जुन कार्यको लागि शिक्षक तथा विव्यसलाई राजनीतिमा आबद्ध हुने वातावरण निमिट्यान्न पार्न जरुरी रहन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार