२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

एकीकृत समाजवादी काभ्रेको १० औं अधिवेशनचैत्र ३ र ४ गते हुने


८७८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन २९, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेको १० औं अधिवेशनको तयारी तिब्र पारेको छ । अधिवेशन आयोजक समितिका संयोजक बसुन्धारा हुमागाईंका अनुसार तिब्र गतिमा अधिवेशनको तयारीमा जुटेको छ ।

    आगामी चैत्र ३ र ४ गते हुने जिल्ला अधिवेशनको प्रचारप्रसार र प्रतिनिधि छनौटमा लागेको एकीकृत समाजवादी काभ्रेले जनाएको छ । जिल्ला अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा पार्टीको केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले गर्ने संयाेजक हुमागाईंले जानकारी दिएका छन् ।

    जिल्ला अधिवेशन चैत ३ र ४ गते बनेपामा हुने अधिवेशन आयोजक समितिका संयोजक बसुन्धरा हुमागाईले बताउनुभयो । अधिवेशन तयारीको लागि यस अघि स्थानीय तहको पार्टी, जनवर्गीय संगठन र अधिवेशन आयोजक समितिको बैठक बसेको थियो ।

    अधिवेशन ‘समाजवादको यात्रा हाम्रो अभियान, सम्बृद्ध काभ्रे निर्माणका लागि १० औँ जिल्ला अधिवेशन’ भन्ने नाराका साथ हुन लागेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार