काभ्रेपलाञ्चोक । जिल्लाको रोशी गाउँपालिका वडा नम्बर-५ स्थित एक घरमा फेला परेको चारवटा सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज)पारेको छ ।
गएराति रोशी गाउँपालिका-५ नागबेलीका ठाकुरानी तामाङको घरमा अपरिचित समूहले राखेको बम नेपाली सेनाको टोलीले शुक्रबार निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रहरीका अनुसार राति झण्डै २० जनाको समूहमा गएका व्यक्तिले तामाङको बगैँचाको एउटा बोधिचित्तको रुख पनि काटेका थिए।
उनीहरुले वार्षीक करोडौँ रुपैयाँ आम्दानी दिने बोधिचित्तको रुख काटेका प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस