२०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024

सुनकोशीको पानी दुई महिना भित्र पाँचखालमा , पुन ७ करोड ४३ लाख थप वजेटको व्यवस्था (भिडियो सहित)


१२११७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ बैशाख २१, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • आइ.आर.के मैनाली

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा रहेको पाँचखालमा आगामी दुईमहिना भित्रमा पिउने पानीको उचित व्यवस्था हुने भएको छ । पिउने पानीको ठुलो समस्या झेल्दै आएको नगरवासिले अव छिटै स्वच्छ पानी पिउन पाउने भएका छन् ।

    पानीको समस्या समाधानको लागि वृहत सुनकोशी पाँचखाल खानेपानी आयोजना लागू भएको हो । जुन योजनाको काम अन्तिम चरणमा पुगेकोले अव छिटै पाँचखालवासिले स्वच्छ पानी पिउन पाउने भएका छन् ।

    अन्तिम चरणमा पुगेको आयोजना सम्पन्न गर्न रकम अपुग हुने हुँदा नगर विकास कोषले थप रकम उपलब्ध गराएको छ । आयोजनाको लागि नगर विकास कोषले पुन ७ करोड ४३ लाख २ हजार ७५० कर्जा उपलब्ध गराएको छ । सो बिषयमा आज (शुक्रबार) त्रिपक्षिय सम्झौता भएको छ । जसमा पाँचखाल नगरको तर्फबाट नगर प्रमुख महेश खरेल, उपभोक्ता समितिको तर्फबाट अध्यक्ष कुमार लामिछाने र नगरबिकास कोष प्रमुख कृष्ण प्रसाद सापकोटा समेतले हस्ताक्षर गर्नुभएको थियो ।

    आयोजना सम्पन्न गर्न नगर विकास कोषले सहुलियत ब्याज ५ प्रतिशतमा २० बर्षे अवधिको लागि कुल लागतको २५ प्रतिशत ऋण लगानी गर्ने सम्झौता अनुसार आयोजनाको सुरुवातीमा ३३ करोड ३८ लाख ५८ हजार ५०० कर्जा लगानी गरेको थियो । कोषबाट प्राप्त कर्जाको व्याज समेत हाल सम्म ४२ करोड ९१ लाख ३ हजार ४५८ रहेको छ । नगर विकास कोषसंगको सम्झौता अनुसार आगामी ०८२ असार मसान्तमा पहिलो किस्ता बापत १ करोड ८८ लाख ६६ हजार १५२ तिर्नुपर्ने हुन्छ । उल्लेखित किस्ता लगातार २० बर्ष सम्म तिर्नुपर्ने हुन्छ ।

    योजनाको कार्य अन्तिम चरणमा पुग्दा प्रति सेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ । प्रति घण्टा ३ लाख २ हजार ४ सय पानी तान्न सहज ढंगबाट सकिने र आयोजनाको लक्ष्य अनुसार लगातार २० घण्टा सम्म पानी तान्न सकिने प्रमाणित भएको छ । लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको छ ।

    पानीको परिक्षणको क्रममा मुहानमा लगातार ४ वटा पम्प प्रयोग गरी ४ कलेक्टर बेल बाट संकलन भएर २ सम्म बेलमा जम्मा भएको पानी २४ घण्टा तान्दा पानीको सतहबाट ८० सन्टी मात्रै घटेको छ ‚ जुन जमिनमुनि रहेको पानी संकलित केन्द्रमा १४ मिटर पानी थियो । योजना सुरुवातको लक्ष्य अनुसार प्रति सेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ । प्रति घण्टा ३ लाख २ हजार ४ सय पानी तान्न सहज ढंगबाट सकिने र आयोजनाको लक्ष्य अनुसार लगातार २० घण्टा सम्म पानी तान्न सकिने प्रमाणित भएको छ । लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने अनुमान गरिएको छ ।

    पाँचखाल नगरको १३ वडा मध्य १० वटा वडामा योजना लागू नहुनेभएको छ । योजना लागू हुने क्षेत्रमा ६ हजार ३७ धारा जडान हुने भएको छ । हालको अवस्थामा प्रति धारा दैनिक १००१ लिटर पानी आउने छ । योजना लागू भएको क्षेत्रको हालको जनसंख्या ३१४१५ लाई आधार मान्दा प्रति व्यक्ति १९२.५ लिटर पानी दैनिक उपभोग गर्न पाउने छ भने २० वर्ष पछिको अनुमानित जनसंख्या ४५ हजार ७६८ हुँदा प्रति व्यक्ति १२६.५ लिटर पानी उपभोग गर्न पाउने भएका छन् ।

    पाँचखालको पिउने पानीको दीर्घकालिन ढंगबाट समस्या समाधानको लागि २०७७ असार १५ गते योजनाको सम्झौता भई निर्माण कार्य सुरुभएको थियो । हुवाइ कन्काई जेभिसँग १३४१०६५६३७ रुपैयाँका ठेक्का सम्झौता भई तीब्र गतिले निर्माण कार्य अगाडि बढेको छ । निर्माण व्यवसायीसँगको सम्झौता अनुसार २०७९ पौष १४ सम्ममा योजना सम्पन्न गर्नुपर्ने उल्लेख भएको थियो । सो अवधिमा कोभिडको महामारीले गर्दा निर्धारित समयमा काम सम्पन्न हुन सकेको थिएन ।

    मुलुकमा फैलिएको कोरोनाको कारण निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा १ बर्षको लागि समय थप भएको छ । जस अन्तरगत आगामी ८० पुस महिना सम्ममा उपभोक्ताले पानी उपभोग गर्न पाउने छन् । सोही बिषयमा उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेसंग सम्पर्क राख्दा निर्धारित समयमा काम सम्पन्न गर्नको लागि दक्ष तथा अर्ददक्ष जनसक्ति थप्नुपर्ने तर्क दिदै आउनु भएको छ । उहाँले भन्नुभयो एक बर्ष थप भएको समयमा उपभोक्ताले पानी उपभोग गर्न पाउने आशा रहेको छ । पानी परिक्षण गर्दा लक्ष अनुसार पानी आउनुमा खुसि व्यक्त गर्दै यो पनि सोचे भन्दा राम्रो सफलता हो ।

    आयोजनाको लागि आवश्यक खानेपानीका संरचनाहरूमा कलेक्टर वेल ४ वटा; सम्प वेल २ वटा; भईटङ्की १६ वटा; ब्रेक प्रेसर टङ्की ६ वटा; पानी प्रशोधन प्लान्ट (फ्लोकुलेटर २ वटा; प्लेन सेडीमेनटेसन टङ्की २ वटा; च्बउष्म स्याण्ड फिल्टर १ वटा‚ प्रसारणलाइन ९.१३ कि. मि.‚शाखा प्रसारणलाइन ३७.२३ कि. मि.‚ वितरण लाईन १८९.३कि. मि.‚प्रयोग भएका पाईप र फिटिङ्गहरुः पी.ई.‚ डि. आई. र जि. कार्यालय भवन १ वटा; गार्ड भवन १७ वटा; जेनरेटर भवन ५ वटा; फायरहाईड्रेन्ट २० वटा; इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्यहरू सरसफाइका संरचनाहरूः सार्वजनिक शौचालय १ वटा; संस्थागत शौचालय १ वटा; ट्रयाक्टर १ वटा रहने छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार