२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

अरनिको राजमार्ग धुलिखेल खावा खण्ड दैनिक ४ घण्टा बन्द रहने , असार १८ गते सम्म तीन किलोमिटर कालोपत्रे सम्पन्न हुने


१६६४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ जेष्ठ ७, सोमबार मा प्रकाशित ५ महिना अघि
  • काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग खण्ड धुलिखेल खावा सडक आगामी असार महिनाको १८ गते सम्ममा ३ किलोमिटर कालो पत्रे हुने भएको छ ।

    बर्षातको मौसम भित्रदै गर्दा सडकमा थप समस्या आउने संभावना भएकोले सडक मर्मतसंभार कार्यलाई छिटो सम्पन्न गर्नको लागि जिल्ला समन्वय समिति , जिल्ला प्रशासन कार्यालय , बिभिन्न राजनीतिक दल , यातायात व्यवसायी , मजदुर संघ , जनप्रतिनिधिहरु , संञ्चार कर्मी , सुरक्षा निकाय , निर्माण व्यवसायी समेतको उपस्थितिमा आज (सोमबार) जिल्ला समन्वय समितिको सभाहलमा भएको छलफल बाट आगामी असार १८ गते सम्ममा ४ किलोमिटर मध्य ३ किलोमिटर कालोपत्रे गर्ने सहमत भएको हो ।

    समयमै निर्माण कार्य सम्पन्न नहुँदा पानी नपर्दा कुहिरो मण्डल धुलो पानी परेपछी हिलाम्यको कारण यात्रुहरुले सास्ती खेप्नु परेको छ । निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगरी सडकको अवस्था लथालिङ्गे पारेकोले दैनिक हुने दुर्घटना साथै जनताको स्वास्थ्यमा प्रतिकुल अवस्था निम्तिएको हो । सोही समस्यालाई मध्यनजर राख्दै सडक मर्मत कार्य छिटो सक्नको लागि दैनिक ४ घण्टा सडक बन्द गर्ने निर्णय भएको थियो । जस अनुसार पहिलो चरणमा भोली मंगलबार र बुधबार विहान ११ बजेदेखी दिउसो ३ बजे सम्म धुलिखेल खावा सडक बन्द रहने निर्णय भएको थियो । १० गते र ११ गते चण्डेपुर्णी रहेको र सो समयमा पलाञ्चोक भगवती र बनेपा चण्डेस्वरी मंन्दिरमा मेला लाग्ने भएकोले सो दिनमा सडकको चापलाई मध्यनजर राख्दै थोरै समय सडक बन्द गर्ने निर्णय भएको थियो ।

    गौरी पार्वती निर्माण सेवा प्रा.लि का प्रोपराईटर राम कुमार थापाले समयमा काम सम्पन्न नगर्दा भएको सास्तिलाई मध्यनजर राख्दै छलफल भएको थियो । छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक दीपक गौतमले राजमार्गको दर्दनाक अवस्थालाई मध्यनजर राख्दै सडक निर्माण कार्य सम्पन्न गर्नको लागि विगतबाट पहल गर्दै आउनु भएको छ । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पहिलो चरणमा २ दिन र सडक निर्माणको गतिलाई मध्यनजर राख्दै अन्य दिनहरुमा सडक बन्द गर्ने बिषयमा निर्णय लिने बताउनु भयो ।

    छलफल कार्यक्रममा सडक डिभिजन कार्यालय भक्तपुरका डिभिजन प्रमुख मेघनाथ मरासिनीले सडक मर्मत संभार काय विगतमा ढिलै भएको बताउँदै हामी सवैको प्रयासमा अव विगतको जस्तो ढिला नहुने र तत्काललै टेण्डर खोलेको ४ किलोमिटर मध्य ३ किलोमिटर सडक कालो पत्रै हुनेमा दुबिधा नरहेको बताउनु भयो । चार किलोमिटर सडक स्तर उन्नतीको लागि भ्याट र पि एस सहित २० करोड १९ लाख ४६ हजार ५ सय १ रुपैयाँमा गौरी पार्वती निर्माण सेवा प्रा.लिले २०७९।२।२० गते ठेक्का सकारेको थियो । ०८०।१२।१९ सम्ममा कार्य सम्पन्न गर्ने शर्त रहेको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा समय थप भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार