२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

काभ्रेपलाञ्चोकको ग्रामीण भेगमा बजार अनुगमन ‚ उपभोक्ताहरू हर्षित 


४७५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ जेष्ठ २५, शुक्रबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कोशीपारी क्षेत्रमा वजार अनुगमन भएको छ । बजार अनुगमन गर्दै गर्दा उपभोक्ताहरू खुसी हुँदै स्वस्थ खाना खानपाईने भो भन्दै हषिर्त भएका छन् ।

    आज शुक्रबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको नेतृत्व टोलीले ग्रामीण भेगको कोशीपारी क्षेत्रमा रहेको बजार अनुगमन गरेको हो । टोलीमा उद्योग तथा वाणिज्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख यज्ञ बहादुर ओली तथा अन्य कर्मचारीहरू ‚ सञ्चारकर्मी ‚ प्रहरी ‚ स्थानीय जनप्रतिनिधि समेतको उपस्थितिमा अनुगमन भएको थियो ।

    अनुगमन टोलीले भुम्लु गाउँपालिकामा रहेको बजार र चौँरीदेउराली गाउँपालिकामा रहेको बजारहरूको अनुगमन गरेको थियो । अनुगमनको क्रममा धेरै कमजोरी गर्ने पसललाई जरिवाना गरिएको थियो भने सामान्य कमी कमजोरी गर्ने व्यवसायीहरूलाई गल्ती नदोहोर्याउन सुझाव दिइएको थियो । पहिलो पटकमा भेटिएको कमजोरीहरू पुन दोहोरिएको पाइएमा कारवाही गर्ने चेतावनी दिइएको थियो ।

    बजार अनुगमनको क्रममा ग्रामीण बस्तीका व्यवसायिहरूले एउटै छानामुनि नुन देखि सुन सम्म पाइन्छ भन्ने उखान मिल्दो जुल्दो ढङ्गको व्यवसाय गरेको पाइएको थियो । कानुनी रुपमा दर्ता भएका कतिपय व्यवसायीहरूले उद्देश्य भन्दा फरक ढङ्गको व्यवसाय सञ्चालन गरेको पाइन्थ्यो । फोटो स्टुडियोमा मानिसले खाने औषधीहरू बिक्री वितरण ‚ पशुको औषधी (भेटेसनरी) सामानमा मिसाएर बिषाधीहरु राखिएको ‚ बिउबिजन तथा बिषाधी बिक्रेताको अनुमति नभई व्यवसाय सञ्चालन गर्दै आएको ‚ किराना पसल तथा होटलहरूमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएको जस्ता कमी कमजोरीहरू पाइएको थियो ।

    बजार अनुगमनको क्रममा प्रतिबन्धित विषादी बिक्रीको लागि राखिएको ‚ बेकरी सामानमा उत्पादन तथा उपभोक्ता मिति उल्लेल नभएको ‚ कतिपय बेकरी तथा पौ जस्ता सामाग्रीमा लेवलिङ्ग नभएको पाइएको थियो । बजार अनुगमनको क्रममा उपभोक्ताहरूको हितको लागि व्यवसाय सञ्चालन गर्न अनुगमन टोली नेतृत्व एवं जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले निर्देशन दिनुभयो । त्यसैगरी उद्योग तथा वाणिज्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख यज्ञ बहादुर ओलीले कमी कमजोरीहरू पुन दोहोरिएमा हदै सम्मको कारवाही गर्ने चेतावनी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार