२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

विश्व कीर्तिमानी डा.डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान


५४८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ जेष्ठ २९, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • काठमाडौं । विश्व कीर्तिमानी डा.डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान गरिएको छ । इन्दोरमा बलिउडका कलाकार सहभागी एक विशेष समारोहमा डा.उपाध्यायलाई सम्मान अर्पण गरिएको हो ।

    सो अवसरमा सञ्जय विनायक जोशी, सैतुन सिंह पाल, प्रतिमा बागरी, डा.विके बजाज, डा.जशवीर सिंह, बलिउड अभिनेता विन्दु दारा सिंह, रञ्जितलगायत व्यक्तित्वहरूको उपस्थिति थियो । डा.उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गर्नुभएकोमा विशेष सम्मान अर्पण गरिएको थियो ।

    डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार