२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

ज्ञानकुञ्जको चौथो रोडरेस सम्पन्न


८६५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ अषाढ १, शनिबार मा प्रकाशित ५ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको प्रमुख व्यापारीक केन्द्र बनेपा नगरपालिका तीन दोवाटो छुट्टै पहिचानको साथमा सञ्चालित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको चौथो रोडरेस कार्यक्रम आज (शनिबार) सम्पन्न भएको छ ।

    सो पहिलो चरणमा कार्यक्रममा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्घाटन गर्नुभएको थियो । उद्घाटन सश्चात पहिलो रोडरेस छात्राहरु बाट सुरु भएको थियो ।

    बनेपा तीन दोबाटोबाट सुरु भई चण्डेश्वरी मन्दिर परिक्रममा गरी प्रतिष्ठानमा आएर अन्त्य भएको थियो । त्यसैगरी दोस्रो चरणको कार्यक्रम पनौती नगरपालिका प्रमुख रामशर णभण्डारी द्धारा छात्रहरुको रोडरेस उद्घाटन गर्नुभएको थियो । सो रोडरेसमा पनौती बसपार्कबाट सुरु भई प्रतिष्ठान सम्म भएको थियो ।

    तेस्रो चरणको कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योगवाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख बसुन्धरा खड्काले गर्नुभएको थियो ।

    रोडरेस कार्यक्रममा बिजेश्वरी ज्ञानमन्दिर सैनिकमा.वि. बाट छात्रा आईस्मा आचार्य र छात्रतर्फ काभ्रे मा.वि. बाट आसिक थापा प्रथम, कलंकीमोडल नैकापबाट अनुज महत छात्र र पद्मकन्या मा.वि. कलंकीबाट अमृता बलामी द्धितीय र श्रीकृष्ण मा.वि. भक्तपुर बाट नवराज मैनाली छात्र र जेसिस मा.वि. भक्तपुरबाट क्याथ्रिन बासुकला तेस्रो भएका थिए ।

    प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार तथा मेडल,प्रमाणपत्र दोस्रो २० हजार र मेडल, प्रमाणपत्र र तेस्रोलाई १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदानगरिएको थियो । कार्यक्रमको सभापतित्व ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रवन्धनिर्देशक प्रताप वैद्यले गर्नु भएको थियो । सहभागीलाई धन्यवाद ज्ञापन प्रतिष्ठानका सहायक क्याम्पस प्रमुख नवराज चौलागाईले गर्नु भएको थियो ।

    समापन कार्यक्रममा राष्ट्रिय महिला भलिबल खेलाडी सरस्वती चौधरी, विद्यालय संचालक आत्माराम थापा, विद्यालयका सहायक प्रिन्सिपल रत्नराज खतिवडा, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुवेदी, जिल्ला ट्राफिक कार्यालयका प्रमुख बिकास तामाङ, ए.पि.एफका खेल संयोज कबिजय कुमार के.सी. तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    एस.ई.ई दिएर बसेका विद्यार्थीलाई सही मार्गमा हिडाउन र खेलकुद मार्फत् अनुशासन कायम राख्न सो प्रतियोगिता आयोजना गरिएको आयोजक पक्षले जानकारी गराएको छ । कार्यक्रममा २ सय जना भन्दा बढी विद्यार्थीहरुले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । सो प्रतियोगितामा काभ्रेबाट मात्रै नभएर काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक तथा सुदुरपश्चिमका विद्यार्थीहरूले समेत सहभागिता जनाएका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार