काठमाडौँ — भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएसँगै मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेपछि निमित्त मुख्यसचिवको जिम्मेवारी प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लिलादेवी गड्तौलाले पाएकी छन् ।
अख्तियारले मदिराको अन्त: शुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै आइतबार मुद्दा दायर गरेको थियो । सरकारको कार्यसम्पादन नियमावली अनुसार मुख्य सचिव रिक्त भएमा स्वतः वरिष्ठ सचिवले निमित्त पाउने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस