२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धिमा पाँचखाल 


४७३९९ पाठक संख्या
  • २०८१ अषाढ १८, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्ध सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

    खाद्य स्वच्छतामा लगानी बढाऔं  ‚ अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ  भन्ने मूल नाराका साथ पाँचखाल नगरपालिकाको समन्वय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा आज (मगलबार) सो कार्यक्रम सम्पन्न भएको हो ।

    पाँचखाल नगरपालिका शाखा अधिकृत एव  राजश्व विभाग प्रमुख सन्तोष पौडेल द्वारा स चालन भएको उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोक प्रमुख मनिषा चापागाँईले खाद्य स्वच्छताको बारेमा प्रस्तुती गर्नुभएको थियो ।

    कार्यक्रममा पाँचखाल नगर प्रमुख प्रशासकीय अधिकृत अच्युत राज रेग्मीले खाद्य स्वच्छताले स्वास्थ्यमा समस्या नआउने बताउ दै होटल व्यवसायीले मात्रै नभई घरघरमा समेत सचेत हुन जरुरी रहेको बताउनु भयो । सहभागीहरूको प्रश्नको उत्तर दिदैँ फोहोर मैला व्यवस्थापन छिटै हुन्छ । पाँचखालको फोहोर पाँचखालमै व्यवस्थापन गरिने बताउनु भयो । उहाँले व्यवसायीहरूलाई सुझाव दिँदै स्वच्छताको विषयमा आजैबाट चनाखो हुनुहोस् छिटै बजार अनुगमन हुन्छ । सो अनुगमनमा कसैले कमजोरी गरेको देख्न नपरोस् ।

    कार्यक्रममा पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीले व्यवसायहरूका हितको लागि खाद्य स्वच्छता अनिवार्य रहेको बताउनु भयो । उहाँले थप्नुभयो खाद्य स्वच्छताले व्यवसायीको हित मात्रै नभएर उपभोक्ताको स्वास्थ्यमा समस्या रहंदैन त्यति मात्रै नभएर उपभोक्ताको सहज ढगबाट मन जित्न सकिन्छ ।
    सडक किनारा तथा ठेला गाडामा व्यापार गर्ने व्यापारीहरूलाई लक्षित गरी स सञ्चालन गरेको भएको उक्त कार्यक्रममा वडा अध्यक्षहरू ‚ स्थानीय व्यापारीहरू ‚ सञ्चारकर्मी ‚ सुरक्षाकर्मी ‚ कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।

    स्वच्छता कायम गर्न ध्यान दिनुपर्ने कुरा :

    हामी स्वस्थ रहन खानेकुराहरु पोषिलो हुनका साथै स्वच्छ पनि हुनुपर्दछ । हामीले उपभोग गर्ने खानुकुरा खाद्य श्रृखलामा कृषक स्तरदेखी भण्डारण प्रशोधन लगायतका विभिन्न चरण पार गर्दै हामी समक्ष आई पुग्दछ । यस क्रममा ध्यान दिन सकिएन भने खाद्य पदार्थहरु अस्वच्छ हुन सक्दछ । त्यस कारण उत्पादन देखि उपभोग गर्ने बेलासम्म स्वस्च्छता कायम गर्न ध्यान पुयाउन जरुरी हुन्छ । कृषक तरमा उत्पादन गर्दा अन्न तथा सागपातमा शुक्ष्म विषादीहरु‌को अनुचित प्रयोगबाट खानेकुरामा अवशेष रहने र ती अवशेषहरुले तत्कालै वा दिर्घकालीन रुपमा मानव स्वास्थ्यमा असर गर्दछ । यसका असरहरुमा शारिरिक विकृती र सुस्त मनस्थितीका बच्चा, स्मरण शक्ति कमहुने, सन्नानोत्पादन क्षमता कम, क्यान्सर लगायतको सम्भाव्यता रहन्छ । त्यसैले विषादी प्रयोग गर्नु पर्ने अवस्थामा विषादी प्रयोग गर्न कृषकले बिज्ञ व्यक्तिबाट सल्लाह लिएर मात्र विषादीको प्रयोग गर्नु पर्दछ ।

    खाद्य पदार्थहरुको भण्डारंमा ध्यान दिनु पनि जरुरी हुन्छ । खाद्यान्नहरुको उपयुक्त भण्डारण नभएको अवस्थामा यसमा जलांशको मात्रा बढ्न जाने तथा ढुसीजन्य शुक्ष्मजीवको संक्रमणबाट ढुसीजन्य विष बन्नगई खाद्य पदार्थ अस्वच्छ हुन जान्छ । बढी ओसिलो स्थानमा भण्डारमा गरिएको खाद्यन्नमा विभिन्न जातको ढुसीको वृद्धि हुने क्रमको एउटा विशेष अवस्थामा यस्ता विष उत्पादन हुन्छ, जसलाई माइकोटनिक्सन भनिन्छ । सामान्यतया ढुसीबाट संक्रमित बदाम, मकै, चामल, दाल, गहुँ, जौं कोदो, तेलहन, काजु, कफी, धान, लगायतमा यस्ता विष पाइन्छन् । यस्तै फलफुल जस्तै स्याउमा समेत ढुसीको संक्रणबाट विष उत्पन्न हुनसक्छ । यस्ता विषहरु सामान्य तापक्रममा पकाउदा नष्ट हुदैनन् । ढुसी जन्य विषहरु भएको खाद्यान्नको उपभोगबाट कलेजो, मृर्गौला, मुत्रनलीमा क्यान्सर हुनसक्ने पेट र आन्द्रामा आन्तरिक रक्तश्राव, बाझोपन, गर्भ तुहुने लगायतका समस्या हुन सक्छ । त्यसैले बाली काट्दा ध्यान पुऱ्याउने, खाद्यान्नहरुको भण्डारणमा ध्यान दिनुका साथै सुख्खा स्थानमा भण्डारण गरी ढुसीबाट संक्रमण भएका खांद्यान्नहरुको उपभोग गर्नुहुदैन ।

    बालबालिकालाई आकर्षित गर्न बजारमा रङ्गीचङ्गी खानेकुरा विक्री वितरण भईरहेको पाइन्छ । उपभोक्तालाई लोभ्याउन तथा झुक्काउन मासको दालमा कालो रङ, सागसब्जीमा हरियो रङ, मिठाईमा रातो, पहेंलो, हरियो रङ्ग आदी / मिसाइएको पाइन्छ । रङ्गहरु खाद्य वा अखाद्य दुबै प्रकृतिका हुन्छन् । खाद्य रङ्ग प्रयोग गर्दा तोकिएको मात्रा भन्दा नबढ्ने गरी मात्र प्रयोग गर्नु पर्दछ । अखाद्य रङ्गहरु मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् । यसले मृर्गौला, कलेजो, अण्डकोष, स्तन, हाड, आँखा, छालामा क्षति पुर्याउनुका साथै एनिमिया, पक्षघात तथा दीघकालिन समस्याहरु समेत हुन सक्छ । त्यसैले सकभर रङ्गको प्रयोग नर्गने, रङ्ग प्रयोग गर्नुपर्ने भएमा लेवल विवरण हेरी खाद्य रङ्ग मात्र तोकिएको मात्रा (२०० मिलिग्राम रङ्ग पति किलो ग्राम खाद्य पदार्थ) मा नबढ्ने गरी प्रयोग गर्नुपर्दछ ।

    यसैगरी खुल्ला सडक पेटीमा राखिएका खानेकुराहरु सरसफाईको कमि, भिंगा भन्कीने, खुल्ला ढलको छेउछाउ तथा धुँवा धुलोले गर्दा अस्वच्छ हुने गर्दछन् । सामान्यतया सबै उमेरका मानिसले यस्ता ठाँउमा राखिएका खानेकुराहरु उपभोग गरिरहेका हुन्छन् । यस्ता खानेकुरामा अखाद्य रङ्ग समेतको प्रयोग भएको पाइन्छ । सरसफाईको कमि तथा अस्वस्च्छ वातावरणका कारण विभिन्न हानिकारक किटाणुहरु खानेकुरामा उपस्थित एंवम् वृद्धि हुन गई यस्ता खानेकुरा खाने व्यक्तिलाई झाडापखाला, हैजा, टाइफाईड, लगायतका रोगहरु लाग्न सक्दछ । त्यसैले अस्वस्च्छ वातावरणमा भएका यस्ता खानेकुराको उपभोग नगर्ने तर्फ सबैलाई सचेत गराउनु जरुरी छ ।

    हामी सबैले खाद्य स्वच्छता कायम राखी स्वच्छ खानेकुरा उपभोग गर्ने वातावरण श्रृजना गर्नुपर्दछ । यसका लागि खाद्य पदार्थ, उत्पादक, प्रशोधनकर्ता, विक्रेता, उपभोक्ता, शैक्षिक, संस्थाहरु नियामक निकायहरु सबैले आ-आफ्‌नो पक्षबाट प्रयास गर्नुपर्दछ । “हामी सबैको सरोकार खाद्य स्वच्छता र गुणस्तर” भन्ने नारालाई साकार बनाउन हामी सबैको साझा प्रयासबाट मात्रै सुनिश्चीत गर्न सक्छौं ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार