काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको अरनिको राजमार्ग खण्डको धुलिखेल बाट खावा सम्मको सडकमा ट्रिपर सञ्चालन गर्न नपाउने भएको छ ।
अविरल बर्षातको कारनले गर्दा सडक क्षती भई यातायात सञ्चालनमा समस्या आएकोले मर्मत कार्यको लागि ट्रिपर संञ्चालनमा रोक लागाईएको हो ।
जिल्ला प्रशासन कार्यालयले आज (बुधबार) पत्र जारी गर्दै सडक मर्मतको लागि सहज रहोस भन्दै अर्को सुचना जारी नभए सम्मका लागि ट्रिपर सञ्चालनमा रोक लगाईको छ ।
काभ्रेपलाञ्चोक जिल्ला प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई द्वारा हस्ताक्षरित पत्रमा उल्लेख भएको छ—सडक डिभिजन भक्तपुरको च.नं ८८४ को पत्रलाई अवगत गर्दै सुचना जारी गरिएको हो ।
प्रतिक्रिया दिनुहोस