५ साउन,२०८१,दाेलखा । मुर्तिमा पसिना आएपछि साक्षात भविष्य सुचक मानिने दोलखा भीमेश्वरकाे शिलामा पसिना आएको छ।शनिवार करिव १: २० बजेदेखि भीमेश्वरकाे शिलामा पसिना आईरहेको छ।
भिमेश्वरकाे शिलामा पसिना आउँदा मुलुकमा ठुलो अनिष्ट हुने ऐतिहासिक विश्वास रहि आएको छ। शिलाकाे बाँयापट्टी पसिना अहिले हो। मन्दिर परिसरमा भक्तजनकाे भीड लागिरहेको छ ।
प्रतिक्रिया दिनुहोस