काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं ६ घर भई पनौती नगरपालिका वडा नं ५ धनेश्वरमा रहेको शेष रमण न्यौपानेको घर कोठामा कोठा भाडामा लिई बस्ने युवालाई अनलाईन जुवा खेलाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका आनुसार साउन १५ गते राती १० बजेको समयमा विशेष सुचनाको आधारमा पाँचखाल नगरपालिका वडा नं ६ घर भएको वर्ष ३० को सुजन श्रेष्ठको कोठामा गई खानतलासी गर्दा निजले Online Casino खेलाइराखेको अवस्थामा फेला पारेको हो ।
सुजनले कसूर गर्न प्रयोग गरेको तीन थान मोवाइल रीत पुर्वक बरामद गरी निज कसूरदारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा बुझाएको छ । निजले म्यासेन्जर बाट विदेशमा भएका नागरिकहरुलाई मेसेज गरी गेम खेल्ने नखेल्ने सोध्ने गरेको खेल्न ईच्छुक भएमा निजहरुको एकाउन्ट बनाइदिने एकाउन्ट बनेपछी क्यास ट्याग (QR code) पठाउने र सोहि बाट क्यास एपमा पैसा जम्मा हुने ,प्लेयरहरुले क्यास एपमा पठाएको पैसालाई क्यासिनो सम्बन्धी बिभिन्न गेमको app हरुमा coin राखिदिने क्यास एप भाडामा दिएर पर्सेन्ट लिने गरेको कुरा खुल्न आएको छ ।
निज सुजन श्रेष्ठले Milki way, fire krin, juwa, vegas sweeps, game vault ,orion जस्ता एपहरुबाट जुवा खेलाउने गरेकोले कानुनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस