२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

हाट बजारको व्यवस्था गर्नोस् सहयोग हामी गरौला —सुमन नेपाल 


५४६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ आश्विन ५, शनिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ३ मा सञ्चालन भएको प्रतिष्ठा कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक सुमन नेपालको प्रमुख आतिथ्यमा आज शनिवार पाँचखालमा उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि नेपालले भन्नुभयो “हुने बिरुवाको चिल्लो पातको सञ्ज्ञा प्रतिष्ठा कृषि सहकारीले दिएको छ ।” नीति विधि र पद्धति विपरित सञ्चालन भएको केही सहकारीले गर्दा हामी सहकारीका अभियानहरूलाई पनि अप्ठेरो लागेको छ । रेडियो ‚ अखवारहरू ‚ सामाजिक सञ्जालहरूमा सहकारी भन्ने बित्तिकै ठगी गर्ने थलो हो भन्ने गरिन्छ । तर जुन सहकारीहरू सदस्य केन्द्रित भएर वास्तविक सहकारीको मूल्य मान्यता र सिद्धान्तमा आधारित भई सञ्चालनमा रहेको सहकारीमा कुनै समस्या छैन । मलाई लाग्छ —प्रतिष्ठा कृषि सहकारीको प्रतिवेदन पडे ‚ सुने यस सहकारीले गरेको जतिपनि गतिविधिले गर्दा मलाई खुसी लाग्यो ।

    कार्यक्रमका प्रमुख अतिथि नेपालले एस.इइ. सम्मान ‚ चिट्टा ‚ उत्कृष्ट बचत ‚ कर्मचारी सम्मान ‚ उत्कृष्ट दुग्ध कृषक सम्मान लगायतको कार्यले हौसला मिलेको छ । मेरो अध्ययनमा यस संस्था १३ वर्ष सम्म शेयर सदस्यहरूको सेवामा रहेको पाय यो सारै राम्रो कार्य हो । सहकारीका सञ्चालक साथिहरुले राम्रो काम गर्नुभएको छ शेयर सदस्यहरूले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । संस्थामा महिलाहरूको बचत अलि घटेको छ किन यस्तो भयो ? कतै थैलीका पैसाहरु अन्तै गए की ? यसरी त भएन आफ्नो दायित्व पुरा गर्न चुक्न हुँदैन । सहकारीको दुष्प्रचार भएको समयमा ब्यालेन्ससिट बढेको छ ‚ यो राम्रो सकेत हो त्यसैले महिलाहरूले आफ्नो अधिकारको लागि बचतलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।

    यो कृषि शहर पाँचखालमा धेरै सम्भावनाहरू छन् ‚ परम्परागत कृषि प्रणालीले खेती गर्दा पुग्दैन । अव प्रतिष्ठा कृषि सहकारीका संस्थाको अगुवाईमा पाँचखालमा नमुना काम गर्नुपर्छ । तपाईँहरू नियमित रुपमा कृषि उपज उत्पादन गर्नुपर्यो । तपाईँहरू पाँचखालमा हाट बजारको व्यवस्था गर्नोस् हामी सहयोग गछौँ । उपत्यका नजिक छ ‚ उपभोक्ताहरू राम्रो कृषि उत्पादन उपभोग गर्न तयार छन् । कर्मचारीहरू जागिर पचाउने मात्रै काम गर्छन ‚ सहकारीको पहलमा कृषि तथा पशु प्राविधिकको व्यवस्था गरी राम्रो उत्पादन गर्ने कार्य जरुरी छ । सरकारले हात कमाई रहेको वेला ‚ पाँचखाल नगरपालिकाले आफ्नै सम्पत्ति जाने जसरी हात कमाई रहेको अवस्थामा प्रतिष्ठा कृषि सहकारीले प्रति लिटर दूधमा ५० पैसा अनुदान दिनु चानचुने कुरा हैन । प्रमुख अतिथि नेपालले भन्नुभयो ।

    सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला कृषि सहकारी सङ्घ काभ्रेका अध्यक्ष हरिस चन्द्र घिमिरे ‚ जिल्ला समन्वय समितिका प्रवक्ता अप्सरा ढुङ्गाना ‚ पाँचखाल वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी ‚ वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामा ‚ सञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली ‚ पाँचखाल भ्याली सहकारी संस्थाका अध्यक्ष केदार लुँइटेल ‚ प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशव काफ्ले ‚ ग्रामीण महिला विकास सहकारी संस्थाको उपाध्यक्ष इन्दिरा गौतम‚ शेयर सदस्य श्रीधर नेपाल ‚ आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाका सचिव राम प्रसाद कोइराला लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    सहकारी संस्थाको सचिव प्रदिप पौडेल द्वारा सञ्चालित कार्यक्रममा संस्थाका उपाध्यक्ष श्याम वहादुर दुलालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाको प्रगति तथा आगामी रणनीतिको बारेमा संस्थाका अध्यक्ष ज्ञान बहादुर थापाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको सचिव प्रदिप पौडेलले प्रगति प्रतिवेदन ‚ कोषाध्यक्ष सिताराम अधिकारीले आर्थिक प्रतिवेदन ‚ लेखा तथा सुपरीवेक्षण समितिका संयोजक अमृत दुलालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहकारी संस्थाका व्यवस्थापक सुमन बानियाले वार्षिक साधारण सभा सहज ढंगबाट सम्पन्न गराउनको लागि भूमिका निर्वाह गर्नुभएको थियो ।

    कार्यक्रममा संस्थामा उत्कृष्ट कार्य गर्ने कर्मचारी मध्यबाट साजन अधिकारी लाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट बाल बचत कर्ता प्रनिशा घोरसाइने ‚ असली ऋणी ठुले दनुवार (नारायण) ‚ उत्कृष्ट बचतकर्ता केशव कार्की ‚ उत्कृष्ट दूध बिक्रेता तफर् गुण बहादुर अधिकारी‚ भीम प्रसाद हुमागाईँ ‚ सुदीप ढुङ्गाना ‚ दल बहादुर श्रेष्ठ ‚ मानकाजी श्रेष्ठ र कृष्ण प्रसाद दाहाल समेतलाई सम्मान गरिएको थियो । साधारण सभामा चिठ्ठा प्रतियोगिता समेत गरिएको थियो जसमा प्रथम पुरस्कार (डि.ए.पि मल एक बोरा) विमला लामिछाने ‚ द्वितीय पुरस्कार (ढुटो एक बोरा ) बोध कुमारी आचार्य  र त्रितिय पुरस्कार (युरीया मल एक बोरा) ओमकुमारी अधिकारीले पाउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार