२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

पाँचखालमा ४७८ घर टहरा क्षति‚ ३ हजार रोपनीको वाली नष्ट, डोजर लिएर सडक खुलाउन मेयर खरेलको डौडधुप


५९२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ आश्विन १५, मंगलबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा असोज ११ र १२ गते भएको अविरल बर्सातको कारण मानवीय क्षति नभएपनि अर्वाैंको क्षति भएको छ । ३ हजार रोपनी धान बाली र करिव २ हजार रोपनीको मकै वाली नष्ट भएको छ ।

    लगातार ७२ घण्टा सम्म वर्षात हुँदा पाँचखालमा २३२.५ मिलिमिटर वर्षात हुँदा ४७८ घर तथा टहराहरू क्षति भएका थिए । जसमा ६६ घर पूर्ण क्षति ‚ २६० आसिक क्षति र १ डुबानमा परेको थियो । त्यसैगरी ६४ वटा गोठ पूर्ण क्षति ‚ ८५ गोठ र २ टहरो आंशिक क्षति भएको छ ।

    गोठ तथा टहरामा क्षति पुग्दा गाई ७ वटा ‚ भैँसी ८ वटा ‚ बाख्रा ४६ वटा ‚ बङ्गुर २ र ८२४ वटा कुखुरा मरेको छ । मुख्य (कृषिसडकहरु) १० ‚ भित्री सडकहरू ७४ पूर्ण रुपमा क्षति भएको छ । खानेपानी मुहान ११ ‚ विद्यालय २ ‚ शौचालय ९ आंशिकरूपमा क्षति भएको छ भने २ पक्की पुल पूर्ण रुपमा क्षति भएको छ ।

    बर्सातको कारण पाँचखाल नगरमा ठुलो क्षति हुनाको साथै सडकहरूमा भएको अवरोध भएको थियो । सडक अवरोध हुँदा आपतकालीन अवस्थामा समेत यातायात सञ्चालनमा समस्या हुने भएकोले सडक खुलाउने कार्य साथै पाँचखाल वडा नं ८ आसपासमा फसेका व्यक्तिहरूको उद्धार कार्यलाई प्राथमिकता दिँदै नगरपालिका सकृय ढङ्गबाट अगाडि बढ्यो ।

    तत्काल उद्धार कार्यको लागि पाँचखाल नगरका प्रवक्ता संजय तमाङ नेतृत्वमा टोली खट्यो भने नगरका मेयर महेश खरेलको नेतृत्वमा गएको टोलीले अरनिको राजमार्ग खोलाइयो । आपतकालीन अवस्थामा अस्पताल सम्म पुग्ने कार्यमा सहज रहोस भन्दै पाँचखाल नगरको फेदिमा भएको सडक अवरोध लाई पहिलो प्राथमिकता दिदै आइतबार बिहानै सडकको अवरोध हटाइएको थियो ।

    जसले गर्दा पाँचखाल‚ मण्डनदेउपुर‚ नगरकोट हुँदै काठमाडौँ ‚ बनेपा सम्म आवत जावत गर्न सहज बनाइएको थियो । अरनिको राजमार्ग खण्डको खावा वाट ४९ किलो सम्मको अवरोध लाई हटाउन मेयर महेश खरेल आफै खट्दा सोमबार बिहान वाट अरनिको राजमार्ग सुचारु भएको थियो । स्थानीय सरकारले सक्रियताको साथमा लाग्दा जनताको समस्या सहज ढङ्गबाट समयमै समाधान हुने रहेछ भन्ने प्रमाणित भएको छ पाँचखाल नगरको सहायताले ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार