२०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024

मेयर खरेलले तीन बर्षको सेवा सुविधा वापतको रकम बाढीपहिरो प्रभावित पालिकालाई दिने


३७१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ आश्विन २१, सोमबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चो । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफ्नो तीन बर्षमा आउने सेवा सुविधा वापतको रकम बाढीपहिरो प्रभावित पालिकालाई सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

    मेयर खरेलले पाँचखाल नगर कार्यपालिका बैठकमा उक्त आधिकारीक घोषणा गर्नुभएको थियो । उहाँले काभ्रे जिल्लामा रहेका पालिकाहरु मध्य वाडिपहिरो अति प्रभावित पालिकाहरुलाई प्राथमिकता दिदै प्रदान गर्ने बताउनु भएको छ ।

    मेयर खरेलको तीन वर्षको सेवा सुविधा वापत प्राप्त रकम मध्य १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित पालिकालाई दिने कार्यपालिका बैटकमा घोषणा गर्नुभएको थियो । रकम प्रदान गर्ने घोषणाको क्रममा घोसित रकम पाँचखाल नगरपालिका भन्दा अन्य पालिकामा धेरै नै जनधनको क्षति भएकोले सो पालिकाहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले प्रदान गर्ने बताउनु भयो । पाँचखाल नगरको बारेमा केही गरौला तर यो १५ लाख अति प्रभावित पालिकालाई दिने हो । मेयर खरेलले भन्नुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार