२०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024

धुलिखेल अस्पतालमा धोत्रा आई.पि.एमको तरकारी


६८६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ आश्विन २३, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा परिचित पाँचखाल नगर वडा नं ६ धोत्रा बेसीमा “धोत्रा आइ.पि.एम” कृषक समुहले आई.पि.एम प्रविधिबाट उत्पादन गरेको ताजा तरकारी धुलिखेल अस्पतालमा बिक्री वितरण गरिदै आएको छ ।

    धुलिखेल अस्पतालको स्टल नं ५ मा “धोत्रा आइ.पि.एम” कृषक समुह आफैले सुपथ मूल्यमा आइ.पि.एम प्रविधिबाट उत्पादन गरेको काउली‚ बोडी ‚ सिमी ‚ भिन्डी लगायतको ताजा तरकारीहरू प्रत्तेक शुक्रबार बिक्री वितरण गरिदै आएको छ । जसको कारण धुलिखेल अस्पतालमा तरकारी खरिद गर्ने उपभोक्ताहरूले विषादी रहित तरकारी उपभोग गर्न पाएका छन् ।

    विगत ३२ बर्ष देखी पाँचखाल र आसपासको क्षेत्रमा हरियाली विस्तार ‚ वातावरण संरक्षण ‚ बिभिन्न विकास निर्माणको कार्यहरू ‚ पशु तथा कृषिको क्षेत्रमा योगदान पुर्‍याउँदै आएको लवग्रीन नेपाल नामक संस्थाको अगुवाईमा आइ.पि.एम तरिकाले गरिदै आएको तरकारी खेतीमा उत्पादन भएको ताजा तरकारीहरू काभ्रेका विभिन्न स्थानको साथै काठमाडौँमा समेत बिक्री वितरण गरिदै आएको छ ।

    लवग्रीन नेपालका कार्यकारी अधिकृत नारायण ज्ञवालीका अनुसार ३९ समुहमा गरि १ हजार १७० जना जनाले आइ.पि.एम तालिम लिनुभएको छ । लवग्रीन नेपालका दक्ष प्राविधिकहरूले दिएको तालिमबाट कृषकहरू उत्साहित हुनुभएको छ । उहाँहरूलाई विषादि रहित ढङ्गको खेती गराउँदै गर्दा थप कृषकहरू समेत आकर्षण हुनुभएको छ । पुरातन तरिकाको खेतीमा भन्दा कम खर्च वडि आम्दानी साथै विषादि रहित स्वच्छ तरकारी उत्पादन तथा उपभोग गर्न पाउदा कृषकहरू अत्यन्त सकृय ढङ्गबाट अगाडि बढ्नु भएको छ ।

    लवग्रीन नेपालका दक्ष आई.पि.एम प्राविधिक गोविन्द प्रसाद पाण्डेका अनुसार धुलिखेल अस्पतालमा मात्रै नभई धुलिखेलको मास्लो बसपार्क नजिक गीता मन्दिर जाने बाटो ( पहिलाको पोखरी भएको ठाउमा ) पाँचखाल नगरपालिका वडा नं ५ मा आई.पि.एम प्राविधिक बाट उत्पादन भएको तरकारी नियमित रुपमा बिक्री हुदैै आएको छ । मसिने ढल कोटिले बिक्री गर्दै गरेको स्थानबाट बिक्रेतालाई जानकारी नदिईकन हामीले समय समयमा परिक्षण गर्ने गरेका छौँ । हाम्रो उद्देश्य भनेको उपभोक्ताहरूले सस्तो मूल्यमा गुणस्तरीय विषादि रहित ताजा तरकारी सेवन गर्न पाउन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार