२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

सशस्त्र प्रहरीका जवान हिरासतमै मृत भेटिए


१४८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ कार्तिक १२, सोमबार मा प्रकाशित ५ घण्टा अघि
  • १२ कात्तिक, काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा जवान रेवन पचभैया मगर मृत भेटिएको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।

    उनका अनुसार आफैंले लगाएको कपडाको पासा लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा उनी मृत भेटिएका हुन् । शौचालयको धारा खोलेर पानी भरेको जस्तो आवान निकालिएकाले समेत बाहिरका व्यक्तिले केही थाहा नपाएको उनको भनाइ छ । दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत जवान पचभैया र सहायक हवल्दार भरत रोका मगर पक्राउ परेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार