२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

ग्रामीण पाठशालाले राहत वितरण


५४०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ कार्तिक १६, शुक्रबार मा प्रकाशित ३ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको फलामेटारमा आयोजित एक विशेष कार्यक्रममा ग्रामीण पाठशालाले बाढीपहिरोबाट प्रभावित बालबालिका र अभिभावकहरूलाई सहयोग वितरण गरेको छ । रोशी गाउँपालिका वडा नम्बर १ र २, नमोबुद्ध नगरपालिका वडा नम्बर ९, र बेथानचोक गाउँपालिकाका १२० जना बालबालिकाहरूलाई शैक्षिक सामग्री तथा ६० जना अभिभावकहरूलाई चप्पल वितरण गरिएको हो ।
    इनर ह्वील क्लब अफ कीर्तिपुर, टोखा, र महालक्ष्मीको विशेष सहयोगमा बालबालिकाहरूको पठनपाठनमा सघाउ पुर्याउन आवश्यक स्टेशनरीका सामानहरू उपलब्ध गराइएको थियो, जसमा कापी, कलम, पेन्सिल, ज्यामेट्री बक्स स्कुल झोला लगायतका सामग्रीहरू समावेश छन् । यसका साथै, अभिभावकहरूले नयाँ चप्पल पाउँदा निकै खुशी व्यक्त गर्नुभयो ।
    ग्रामीण पाठशालाका संस्थापक एवम् प्रधानाध्यापक बिदुर भण्डारी का अनुसार, यो सहयोगले प्राकृतिक विपत्तिमा परेका बालबालिका र अभिभावकहरूको मनोबल उच्च बनाउन मद्दत गर्नेछ । उनले बालबालिकाहरूको पठनपाठनमा आउने अवरोधलाई न्यूनिकरण गर्दै, भविष्यमा पनि विद्यालयले यस्ता सहयोगात्मक कार्यहरूलाई निरन्तरता दिने जानकारी गराउनु भयो ।

    कार्यक्रममा इनर ह्वील क्लबका प्रतिनिधिहरूले स्थानीय समुदायको शिक्षामा सघाउ पुर्याउने उद्देश्यले थप कार्यक्रमहरू आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार