२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

१० लाख नगदसहित जुवाडे पक्राउ


३९५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ कार्तिक १७, शनिबार मा प्रकाशित ३ हफ्ता अघि
  • काठमाडौँ । मोरङमा १० जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार राति  विराटनगर महानगरपालिका  ११ स्थित संगम पार्टी प्यालेसबाट १० जना जुवाडे पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार स्थानीय ६१ वर्षीय राजन कँडेलसहित १० जना पक्राउ परेका छन् ।

    उनीहरुबाट दश लाख, ६ हजार ९ सय पन्चानब्बे र पाँच बुक तास समेत बरामद गरिएको उनले बताएका छन् । पार्टी प्यालेस सञ्चालक ५९ वर्षीय पदम श्रेष्ठ समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार