२०८१ पौष ३, बुधबार | Wed, 18, Dec, 2024

काभ्रेपलाञ्चोकमा तीन पत्रकार सम्मानित


१७४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ मंसिर २२, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । समाजमा निश्पक्ष ढंगबाट सुचना प्रदान गरी सुसुचित गराउने कार्यमा अथक योगदान पुर्याएको निश्कर्ष सहित काभ्रेपलाञ्चोकका तीन पत्रकारलाई शब्दयात्रा प्रकाशनले सम्मान गरेको छ ।

    प्रकाशनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पत्रकारहरु प्रल्हाद शर्मा हुमागाईं, केशवराज पौडेल र कपिल कोइरालालाई सम्मान गरेको हो । संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको हरिगोपाल प्रधानले व्यवस्थापन गर्नुभएको फोटोपत्रकारिता सम्मानबाट पत्रकार केशवराज पौडेल, विद्युतीय पत्रकारिता सम्मानबाट कपिल कोइराला र छापा पत्रकारिता सम्मानबाट प्रल्हाद शर्मा हुमागाईंलाई शुक्रबार सम्मान गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथी नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति कूलप्रसाद कोइराला, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र हरिगोपाल प्रधानलगायतले कदरपत्रसहित सम्मान गर्नुभएको हो । सम्मानित हुने पत्रकारहरुमा पौडेल गोरखापत्र, कोइराला हिमालय टेलिभिजन र हुमागाईं प्रभातफेरि साप्ताहिकमा आबद्ध हुनुहुन्छ ।

    कार्यक्रममा तीन जना स्रष्टाहरुलाई विद्वतवृत्ति सम्मान पनि प्रदान गरिएको थियो । जसमा अमृत अधिकारी, पुण्यवती घले र रश्मी हुमागाईं हुनुहुन्छ । आबाल ब्रम्हचारी षडानन्द अधिकारीको १९० औं जन्मजयन्तीको अवसर पारेर उहाँहरुलाई सम्मान गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा रश्मी हुमागाईं र रोशन अधिकारीले सम्पादन गर्नुभएको पुस्तक ‘पाठकका आँखामा हरि मञ्जुश्री’, सुदीप अधिकारीद्वारा लिखित ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’ पुस्तकको विमोचन पनि गरिएको थियो । यस्तै काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थी अनिशा खत्री र विकलाङ्ग छात्रवृत्ती सम्मान रोशनी खत्रीलाई प्रदान गरियो ।

    कार्यक्रमका प्रमुख अतिथी नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति कूलप्रसाद कोइरालाले ज्ञानको पछाडी लाग्ने हो भने खोज र अध्ययन आवश्यक भएकोमा जोड दिँदै सवत्र भएको विद्यालाई ग्रहण गर्न सक्नु पर्ने बताउनुभयो । उहाँले पेटको भोकले मान्छेलाई मूर्ख बनाउने र ज्ञानको भोकोले विद्वान बनाउने टिप्पणी गर्दै हरेक विषयको गहिरो अनुसन्धान गर्न सके मात्र निष्कर्षमा पुग्न सकिने बताउनुभयो । कार्यक्रमका सभाध्यक्ष एवं संस्थाका अध्यक्ष साहित्यकार हरि मञ्जुश्रीले संस्थाले विभिन्न २० प्रकारका सम्मान हरेक वर्ष प्रदान गर्दै आएको र यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने बताउनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु